लभ्ली एन्जल स्कूलका मेहनेती र जेहेन्दार छात्र बुद्ध लामा

लभ्ली एन्जल स्कूलका मेहनेती र जेहेन्दार छात्र बुद्ध लामा

कपन अनलाइन

काठमाडौँ, पौष ७।

लभ्ली एन्जल स्कूलको कक्षा  १० मा पढ्ने मेहनेती र जेहेन्दार छात्र बुद्ध लामा बुबा हस्त दोर्जी र आमा कुमारी लामाको सन्तानको रुपमा बि. स. २०६० भदौ३१ गते सोलुखुम्बु जिल्लामा जन्मिएका हुन्।

हार्मोनियम बिद्यालयले आयोजना गरेको तेक्वान्दो प्रतियोगितामा प्रथम स्थान , पाइनर  पब्लिक स्कूलले आयोजना गरेको तेक्वान्दो प्रतियोगितामा प्रथम स्थान, सिल्भर साइन स्कूलले आयोजना गरेको तेक्वान्दो प्रतियोगितामा प्रथम स्थान तथा सिन्धुपाल्चोक जिल्ला ले आयोजना गरेको तेक्वान्दो प्रतियोगितामा तृतीय स्थानले  पुरस्कृत भएका छन्।

उनि घर परिवार , शिक्षक शिक्षिकालाई प्रेनाका श्रोतका रुपमा बताउछन् ।उनि अध्ययनलाई निरन्तरता दिने तथातेक्वान्दोको राष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडी बने भविष्यको योजना बताएका छन्।

आफ्नै मेहनत ,लगनशीलता तथा  शिक्षक,शिक्षिकाको साथ सहयोगले आफु सफल हुन सकेको बताएका छन्।

बिद्यालयका प्र.अ.भिम ब.शाहीले  लामालाई अध्ययनलाई निरन्तरता, बिद्यालयबाट पाउने सेवा सुबिधा बाट बन्चित नगरिने, खेलकुद तथा शैक्षिक क्षेत्रको बिकासमा शुभकामना बक्ता गरेका छन्।

 

तपाइँको प्रतिक्रिया ।