प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा फुटबल प्रतियोगिता हुने

 प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा फुटबल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं पौष ७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले  प्रथम इष्ट पोल अन्तर बिध्यालय  छात्र-छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। इष्ट पोल माविको २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उधेश्य राखेर पौष २६  गते देखि प्रतियोगिता संचालन गर्न लागिएको बिध्यालयले जानकारी गराएको छ ।

इष्ट पोल माबी को खेल मैदान मा हुने सो प्रतियोगितामा   छात्रा तर्फको १६ र छात्र तर्फको १६ वटा टिम सहभागी हुने जनाइएको छ। छात्रा तर्फ कक्षा ९ सम्मको बिद्यार्थीले सहभागीता जनाउन पाउनेछन भने  छात्र तर्फ कक्षा ७ सम्मका सहभागी हुन् पाउनेछन।  उचाई ५ फिट र १३ बर्ष सम्मका बिद्यार्थीहरुले सहभागिता जनाउन पाइने आयोजकले बताएको छ।   एन्फाको नियमअनुसार खेलाइने सो प्रतियोगितामा सहभागी हुनको लागि रु ३५ सय दर्ता शुल्क  बुझाइ पौष ११ गते सम्म दर्ता गरिसक्नुपर्ने बताइएको छ।

प्रतियोगीताको टाई सिट पौष १३ गते जारी गरिने पनि आयोजकले बताएको छ।  प्रतियोगीतामा प्रथम  र दितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रको साथै उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,र फेयर प्ले टिमलाइ पनि अवार्डको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।थप जानकारीको लागि इष्ट पोलका स्पोर्ट्स इन्चार्ज सुदर्शन घिमिरे (९८६७८११६३७) अथवा इष्ट पोल माबी ०१- ४९०९९०, ४९१२००५मा सम्पर्क गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।