कपनको घरदैलोमा बिभिन्न पार्टीका ६३ जना सक्रिय अनुहारहरू कांग्रेस भित्रिए

कपन अनलाइनबद्रि भट्टराई

नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाको पक्षमा जनलहर व्यापक देखिन थालेको छ । कपनमा आज घरदैलोको क्रममा ६३ जना बिभिन्न पार्टीका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गगन थापाले टीका लगाएर कपन वडा नं. ८ का ती व्यक्तिहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । क्षेत्र नं. ४ को सबैभन्दा बढि मतदाता भएको कपनमा सबैभन्दा बढि मत कसले ल्याउने भनेर होड भैरहेको बेला ६३ जनाको यो पार्टी प्रवेशले नेपाली कांग्रेस झनै आत्मविश्वासी भएको छ ।

 

DSC_7603

नेपाली कांग्रेस कपन इकाइअन्तर्गत वडा नं. ८ निर्वाचन कमिटि संयोजक हरि घिमिरे, वडा नं. ७,८,९ निर्वाचन परिचालन समितिका सचिव कुमार बस्नेत एवम् युवा नेता तथा बक्सिङ संघका महासचिव दीपक गुरुङको विशेष सक्रियतमा यो प्रवेश कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेससमर्थित नेपाल शिक्षक संघका क्षेत्रीय सभापति राजेन्द्र बुढाथोकीले कपन अनलाइनलाई बताए अनुसार स्थानीय सक्रिय युवा विनोद श्रेष्ठको नेतृत्वमा नेपाली कांग्रेस प्रवेश गर्ने बिभिन्न पार्टीका कार्यकर्ताहरुमा एमालेबाट प्रवेश गरेका शेरबहादुर के.सी., चित्रबहादुर भुजेल, बिजयराज गुरुङ, चमेली खत्री, धर्मराज राई र टेकबहादुर गुरङ प्रमुख छन् ।

DSC_7729

त्यसैगरी एमाओवादीका कार्यकर्ता विनोद बानियाँ र यशोदा गुरुङ सहित राप्रपा नेपालका पुष्पराज शाक्य(राप्रपा नेपाल), रत्नादेवी शाक्य(राप्रपा नेपाल), टेकबहादुर खड्का(राप्रपा नेपाल) पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गगन थापाको हाताबाट आज टीका लगाएर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा राजन कार्की, विश्वराज गुरुङ, परमेश्वर खड्का, शोभित गौतम, टीकानारायण श्रेष्ठ, उत्तम श्रेष्ठ, अञ्जु श्रेष्ठ, मनोज श्रेष्ठ, गोविन्द श्रेष्ठ, बलराम बस्नेत, मदन लामा, डली लामा, हिसिला लामा, गणेश भुजेल, रेश्मा प्रजापती, सुजना श्रेष्ठ, कान्छीमाया श्रेष्ठसहितका व्यक्तिहरु छन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले ६३ जनाको यो पार्टी प्रवेशले नेपाली कांग्रेसको बिजयी अभियानमा थप बल पुगेको बताउँदै पार्टी प्रवेश गर्नेहरुलाई पार्टी संगठनमा उचित स्थान दिइने बताएका थिए ।

DSC_7604

जगडोलबासी कांग्रेसको आपत्ति

कपन वडा नं. ८ जगडोलका स्थानीयबासी नेपाली कांग्रेसले एमाले उम्मेदवार निर्मल कुइँकेललाई जिताउने वचन दिएको भन्ने कपन अनलाइनको समाचारप्रति नेका कपन ७ ले आपत्ति जनाएको छ । नेपाली कांग्रेस क्षेत्रीय सदस्य तथा कपनका प्रभावशाली नेता अच्यूत पौडेलले कपनअनलाइनसँग भेट गर्दै जगडोलवासी सदैव नेकाको पक्षमा रहेको बताए । पौडेलले कार्यकर्ताको घरमा बसेको तर घरदैलोसमेत नगरेका निर्मल कुइँकेलको पक्षमा जगडोलवासीको मत जाने भन्नु खराउ लगाएर त्रिशुली पार गर्छु भन्नेजस्तै हो भने ।

नेका कपन ७ का बुथ सभापति त्रिलोचन पौडेलले कपन अनलाइनलाई भेटेर कपन ७ बाट नेपाली कांग्रेसलाई ८० प्रतिशत मत आउने जनाउँदै कपन अनलाइनको समाचारले जगडोलवासी दुखित भएको बताए ।

DSC_7624

फोटोः कपिल ढकाल

तपाइँको प्रतिक्रिया ।