रातभर निर्मल कुइँकेल नेपाली कांग्रेसका मतदाता फकाउदै जगडोलमा

कपन । संविधानसभा निर्वाचनको प्रचारका क्रममा काठमाडौं क्षेत्र नं. ४ का एमाले उम्मेदवार निर्मल कुइँकेल शुक्रबार रातभर कपन गाविस– ७, जगडोलमा व्यस्त भए । त्यहाँका मतदातासँग आन्तरिक छलफलपछि विगतमा विभिन्न पार्टीलाई मतदान गर्ने मतदाताले यसचोटि एमालेलाई मत हाल्ने विश्वास दिलाएका छन् । जगडोलको विकास र समृद्धिका लागि अरु कुनै उम्मेदवारबाट कुनै सम्भावना नदेखिएको, तर एमालेका कुइँकेल स्थानीय पनि भएका नाताले उनीबाट मात्र विकास सम्भव हुने त्यहाँका मतदाताको राय थियो ।

स्थानिय कार्यकर्ता संग जगडोलमा  शनिवार बिहान  भेटिएका   निर्मल कुइकेल
स्थानिय कार्यकर्ता संग जगडोलमा शनिवार बिहान भेटिएका निर्मल कुइकेल

शनिवार बिहान जगडोल मा भेटिएका निर्मल कुइकेलले कपन अनलाइनसँग कुरागर्दै भने हिजो बेलुका स्थानीयवासीसँग अन्तरिक छलफलको कार्यक्रम थियो । तर आन्तरिक छलफलमा के भयो भन्ने बारे उनले बताउन चाहेनन् स्रोतका अनुसार त्यहाँबाट नेपाली कांग्रेसलाई मतदान गर्दै आएका अधिकांश मतदाताले एमालेलाई भोट हाल्ने भएका छन् । त्यसका लागि उनीहरुले घोषित रुपमा पार्टी प्रवेश नगर्ने, तर सूर्य चिन्हमा मत हाली यसले ल्याउने विकास योजनाको प्रतीक्षा गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।