साँच्चै भनुँ यो पनि कविता जस्तो छ !
कपनअनलाइन
काठमाडौं, मंसिर २७/राजबाबु श्रेष्ठ ‘सागर’/ कविता
मलाई लाग्छ,
तर्कले तर्क काटेपछि
बन्छ एउटा खँदिलो दर्शन
जुनदर्शनमा
कहीँकतै रिक्तताभने हुँदै हुन्न
जसरी समडम समुद्रभित्र
कहीँकतै खोक्रोपन नभएजस्तै
फेरि पनि खै कसरी ह्वेल माछा अटाउँछन् ?
ठीक त्यसैगरी
आकाशमाप्वालनभएजस्तै
फेरि पनि खै कसरी तारापुञ्ज अटाउँछन् ?
हो,
दर्शन भएपछि त यस्तो हुनु
जसको कुनै तर्क छैन ।
जसले सूर्य बनाए
उसको ब्याख्यापो ब्याख्या
जसले समय बनाए
उसले गरेको ब्याख्यापो ब्याख्या
जसले सृष्टिको विभिन्नमार्ग बनाए
तर जाने एउटै मार्गबनाए
निदाउने सिरानी एउटै बनाए
जान्ने भएपछि ऊजस्तो पो जान्ने हुनु
म त के जान्ने हुँ र ?
जान्ने त ऊ पो हो जान्ने
जसले सबैकालागि एउटै प्रणाली बनाए ।
बाँकी त सबै
अन्दाजमा लेख्छन्
अन्दाजमाबोल्छन्
यत्तिपनिथाहा छैन उस्लाई कि
उसले खाएपछि उसकै वशमा छैन
फेरि म के जान्ने
उफ ! ……. ।
कविले एकमुठी घाम शब्दमा लेखेजस्तै
सत्य एकमुठीमा कहाँ कसिन्छ र ?
पहिलातिमी सुकेको
एकमुठी बालुवा कसेर हेर
कसियो भने मलाई चिठ्ठी लेख्नु
कसिएनभने पनिचिठ्ठी लेख्नु
सत्य त त्यो पो सत्य
तिमी एकमुठी घामको कुरा गर्छौ