कपनको घरदैलो र भेटघाटमा व्यस्त छन् पासांग

कपन अनलाइनएनेकपा माओवादीको क्षेत्र नं ४ का उम्मेदवार नन्दबहादुर  पुनको घरदैलो अभियान यतिखेर कपन केन्द्रित  छ ।  क्षेत्र नं ४ को सबैभन्दा बढि मतदाता भएको कपन गाविसबाट एनेकपा माओवादीले सबैभन्दा बढि मत ल्याउने उद्येश्यका साथ उम्मेदवार पुन र उनका कार्यकर्ता दौड धुपमा व्यस्त छन् ।पहिलो चरणको भेटघाट कार्यक्रम अन्तर्गत एमाओवादी उम्मेदवार पुन कपन गाविसका ८ नं वडा र ९ नं वडा स्थानीवासीहरु संग छलफल गरेका छन । साथै उनिहरुको विभिन्न समस्या आफु विजय भएपनि नभए पनि  समाधान गर्न भने लागिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्  ।

 

pasang 2त्यसै गरी कपन १ को  मिलन चोक, पुष्पलाल चोक,जोरधारा साथै  कपन ३ को  आकाशेधारालगाएतका विभिन्न स्थानहरुमा पुगेर उनि आफ्नो पार्टीलाई अत्याधिक बहुमतले विजयी गराउन आम जनताहरुसंग सहयोग  मागीरहेका छन । उनको चुनावी अभियान अहिले पहिलो चरणको भेटघाट अन्तर्गत अघि बढेको जनाउदै चाडै नै एमाओवादी अब घरदैलो अभियानमा लाग्ने एमाओवादी प्रचार प्रसारमा सलग्न स्थानीय युवा नेता  कपन वाइसियलका प्रमुख भरत धिताल कपन अनलाइन लाई बताए  ।

तपाइँको प्रतिक्रिया ।