निर्मल कुइँकेल कपन गाविसको भेटघाट कार्यक्रममा व्यस्त

कपन अनलाइनगत शनिवार आफ्ना करिब २०० अगुवा कार्यकर्ता भेला गर्दे सुरु गरेको चुनावी अभियानका क्रममा एमाले कपनले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ । सोही दिन देखि सुरु भएको भेटघाट महिना भर नै चल्ने एमाले कपनले जनाएको छ । कार्तिक २, ३, ४ गते कपनमा भेटघाटलाई विशेष रुपले छुट्याएका एमालेका उम्मेदवार निर्मल कुइकेलले यी तीन दिनमा वडा नं १ को मित्रनगर, ढुङ्गेन टोल (तेन्जिङ्ग चोक), बालकुमारी टोल, वडा ३ का बालुवाखानी, ज्योतिनगर, पाथिभरा टोल, पञ्चकुमारी , वडा २ मा अधिकारी टोल, वडा ८ मा पैयाटारमा आम मतदातासँग भेटघाट गरेको छ । यी कार्यक्रमहरुमा एमाले उम्मेदवार कुइकेलले विचारमा प्रष्ट, व्यवहारमा इमान्दार पार्टीलाई संविधानसभामा पठाउन कार्यकर्ता र आममतदाता सजग हुनुपर्ने बताउनुभयो । देशमा दीर्घकालीन योजना अनुसार काम गर्ने एकमात्र पार्टी एमाले मात्र भएको पनि वहाँले दावी गर्नु भयो । यसै बीचमा आज ४ गते बिहान ८ बजे फ्रेन्डशिप युवा क्लबमा कोणसभा भएको जनाउँदै दिउँसो ४ बजे राममन्दिरमा कोणसभा हुने जानकारी समेत उक्त पार्टीले जनाएको छ ।
एमालेले क्षेत्र नं. ४ मा बुद्धिजीवि परिचालन गर्ने
एमाले ४ नं. क्षेत्र चुनावी अभियानमा आक्रामक तवरले लागेको छ । यसै क्रममा उसले क्षेत्र नं. ४ मा आफ्ना निर्वाचन अभियानलाई सहयोग पु¥याउन केदार पुडासैनीको संयोजकत्वमा १०१ सदस्यीय बुद्धिजीवि परिचालन कमिटी गठन गरेको छ । उक्त कमिटीले यस क्षेत्रमा बस्ने विभिन्न क्षेत्रमा कार्यरत बुद्धिजीविहरुलाई क्षेत्रमा केन्द्रित रहेर परिचालन गर्ने कमिटीका सदस्य कुमारप्रसाद ओझाले कपन अनलाइनलाई बताउनुभएको छ

तपाइँको प्रतिक्रिया ।