पहिलो महिला प्रहरी महानिरिक्षक बन्ने क्रममा पार्वती थापा मगर
कपन अनलाइनबद्रि भट्टराई
संविधान सभाको दोस्रो निर्वाचनआगामी मंसरी ४ गते हुदैछ । देशनिर्वाचनमय बन्दै गएको छ । दलहरु आफ्नो योजना जनताहरु माझ लैजाने र आफुप्रति अकार्षित गर्न सबै उपायहरु अवलम्वन गरिरहेका छन । निर्वाचन संगै प्रमुख रुपमा आउने विषय हो सुरक्षा । केहि समय अघि बारामा एमालेका सभासदका उम्मेदवार माथी दिनदाहाडै गोलीप्रहार भएको छ । निर्वाचन र सुरक्षाको अवस्था संगै अहिले प्रहरी प्रशासनको जिम्मेवारी परिर्वतन समेत हुने समय आएको छ । प्रहरी महानिरिक्षक कुवेर सिंह राना आगामी कार्तिकमा सेवा निवृत्त हुँदैछन । उनी पछिका सबै प्रहरी अतिरिक्त महानिरिक्षकहरुसमेत सेवानिवृत्त हुँदैछन । त्यसपछिका डि.आइ.जी.हरु मध्येमा पहिलो नम्बरमा आउने डि.आइ.जी हुन पार्वतीथापा मगर ।
हाल प्रहरी अतिरिक्त महानिरिक्षक रहेका विनोद सिंहसमेत सेवानिवृत्त हुने हुदाँ अहिले बढुवा हुने डि.आई.जी ले नै महानिरिक्षक बन्ने अवसर प्राप्तगर्ने भएकाले अहिले पहिलो नम्बरमा रहेकी डि.आइ.जी पार्वतीथापा मगर नेपालको इतिहासमा पहिलो महिला महानिरिक्षक बन्ने महत्वपुर्ण समयको पर्खाइमा छिन् ।
राजनैतिकप्रभाव नरहने हो र कानुन सम्वत् रुपमा बरिष्ठता, कार्यदक्षता र क्षमतालाई मुल्याङ्कनगर्ने हो भने नेपालको समग्र महिलाहरुको प्रतिनिधीका रुपम पार्वती थापा मगर पहिलो महिला महानिरिक्षक बन्ने पक्का छ । २०१६ सालमा गोर्खामा जन्मिएकी थापाले कानुन विषयमा स्नातक गरेकी छन् । २०४० सालमा साहयक प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेकी थापाले २०४३ सालमा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरिक्षकको रुपमा अगाडी आएकी हुन । तत्कालिन समयमा प्रहरी माहानिरिक्षकका रुपमा डि.वि. लामा थिए । २०४० मा नै आफु प्रहरी निरिक्षकको पदमाप्रतिस्पर्धा गर्न आउँदा महिलाभएकै कारण निरिक्षकको फारम समेत भर्न नपाएकाले २०४३ मा मात्र निरिक्षकका रुपमा प्रतिस्पर्धा गर्न पाएको प्रशंग समेत कपनअनलाइन सँगको एक छोटो कुराकानीमा बताउदै थिइन । आफ्नो कार्यक्षमता , सहयोगी भावनाका कारण उनी संगठन भित्र एक शसक्त प्रहरी कर्मचारीका रुपमा अघि बढ््दै गइन । फलस्वरुप २०४९ मा डि.एस.पी, २०५८ मा एस.पि.२०६३ मा एस.एस.पि.र २०६५ मा डि.आइ.जीमा बढुवा भएकी पहिलो महिला डि.आइ.जि. समेत हुन ।
पहिलो जिल्लाप्रमुख , पहिलो अञ्चलप्रमुख ,पहिलाक्षेत्रीयप्रमुखहुदै आफ्नो जिम्मेवारी लाई पुरा गदै आएकी पार्वती थापा मगर एक शसक्त नारी पात्र हुन् । जति वेला नेपालमा महिलाहरुलाई घरबाट बाहिर हिड्नसमेत नपाउने र पाईन्ट लगाउने कुरा सोच्न समेत नसक्ने अवस्था समाजमा थियो । उनी ती तमाम विषयहरुलाई चुनौती दिँदै अगाडी बढ्दै अहिले इतिहासमा स्वर्णीम अक्षरले पहिलो महिला महानिरिक्षक बनेर देश र जनताको सुरक्षाको जिम्मेवारी लिने संगठनको प्रमुखको व्यक्तिका रुपमा आफुलाई उभ्याउन तम्तयार छिन । वर्तमान नेपाल सरकारका गृहमन्त्री तथा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले यदि समावेशीता, कार्यदक्षता, वरिष्ठतालाई बढुवाको आधार बनाएको खण्डमा २०६४ सालमा नेपालको पहिलो संविधान सभा निर्वाचनमा उत्कृष्ट प्रहरी इन्चार्जको (गण्डकी अञ्चल) पुरस्कार समेत प्राप्त गरेकी डि.आइ.जी पार्वतीथापा मगरको नेतृत्वमा दोस्रो संविधान सभा निर्वाचनको सुरक्षा अवस्था मेत मजबुतबन्ने आशा गर्न सकिन्छ । कपनअनलाइनसंगको कुराकानीमा उनले अवसर र चुनौतीदुवै लाई आत्मसात् गर्न सक्ने हिम्मत छ इतिहासको पानामा दोस्रो संविधान सभा निर्वाचनलाई सुरक्षाका दृष्टिकोणले सफल बनाउने र पहिलो महिला महानिरिक्षकको रुपमा उदारहणीय कार्य गर्ने अवसर समेतको सदुपयोग गर्ने सोचमा आफु रहेको बताइन ।प्रहरीमा बढुवाकोे अवस्थामा धेरै भन्दा धेरै राजनीति हुने गरेको र पैशाको समेत चलखेल हुने गरेका समाचारहरु आउने गर्छ यस्तो अवस्थामा महिला प्रतिनिधिको रुपमा बढुवा हुने सम्भावना छ कत्तिको छ त पार्वती थापा मगरको ?
उनले भनिन् संगठनमा आजसम्म हरेक परिक्षामा आफ्नो क्षमता र परिश्रमका कारण यहाँ सम्म आएको हुँदा र पहिलो पटक नेपाल प्रहरीमा महिला महानिरिक्षक बन्ने समय आएको हुदाँ नेपाल सरकार र प्रहरीका समकक्षी साथीहरुले समेत सहयोग गर्ने आशा लिएको बताइन् । उनले भनिन् प्रहरी संगठनमा महिला र पुरुषले लगाउने पोशाक एउटै हुन्छ । काँधमा लाउने पद चिन्हपनि एउटै नै हुन्छ तसर्थ म महिला हुँ साथै म नेपाल प्रहरीको डि.आइ.जी पनि हुँ । यदि म महिला भएकै कारण महानिरिक्षक पदमा जानन हुने वा नसक्ने अथवा मेरो पहुँच नहुदैमा प्रहरी महानिरिक्षक बन्न नपाउने हो भने आज सम्म मैले संगठनमा गरेको योगदान, मैले पाएका पुरस्कार , मेरो ३० वर्षको सेवा यात्रा, अनि सधै उत्कृष्ट बन्दै आएको नतिजालाई तपाईहरु जस्तो युवा पत्रकारले के भन्नुहुन्छ ? पार्वतीथापा मगर महिला हुनु गलत थियो , महिला डि.आइ.जी हुनु गलत थियो वा राज्य गलत कि हाम्रो समाज नै गलत हो ? महिला हुनुको कारण नेपालको प्रहरी प्रशासनले वरिष्ठतालाई मिचेर पुरुषलाई महानिरिक्षक बनाएको समाचार त फेरी तपाईहरुले नै बनाउनुहुन्छ हैन ? अनि के म नै हु त गलत ? प्रतिपश्न पत्रकारलाई नै ।