माओवादी पिडित राजु श्रेष्ठ नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार

कपन अनलाइनबद्रि भट्टराई

क्षेत्र नं. ४ ले तत्कालिन द्वन्द्वकालमा पिडकपक्षको सर्वाेच्च व्यक्ति र चर्चित पिडित पक्षलाई उम्मेदवारको रुपमा पाएको छ । द्वन्द्वकालका जनमुक्ति सेनाको कमाण्डर पासाङसँग द्वन्द्वकालमा माओवादीको ठूलो ज्यादतीमा परेका राजु श्रेष्ठ क्षेत्र नं. ४ को चुनावी अभियानमा होमिएका छन् । द्वन्द्वकालमा माओवादी पिडितलाई नेपाली कांग्रेसले समानुपातिकमा उम्मेदवार बनाएको हो । माहांकाल निवासी राजु श्रेष्ठ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार बनेका हुन् । माओवादी पिडितलाई प्रमुख दलहरुले नै यसरी उम्मेदवार बनाएको सम्भवतः यो पहिलो पटक हो । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजु श्रेष्ठलाई पटक पटक विभिन्न याताना दिँदै मरणासन्न हुने गरी कुटपिट गर्नुको साथै उनको गाडि एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो बनाएर चढेका थिए । प्रचण्डले लुुटेर चढेको गाडि खोस्नसमेत सफल राजु श्रेष्ठ नेपाली कांग्रेसको बाह्रौँ महाधिवेशनमा क्षेत्र नंं. ४ मा सभापति पदमा पराजित भएका थिए । सांस्कृतिक संघको कार्यकारी अध्यक्षसमेत रहेका श्रेष्ठ नेपाली कांग्रेस महासमिति सदस्य पनि हुन् ।

 

क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरूः प्रत्यक्षतर्फ गगन थापा र समानुपातिकतर्फ राजु श्रेष्ठ
क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरूः प्रत्यक्षतर्फ गगन थापा र समानुपातिकतर्फ राजु श्रेष्ठ

राजु श्रेष्ठ भन्छन्, नेपाली कांग्रेसले हिजो बुलेटमा विश्वास गर्ने शक्तिलाई आज ब्यालेटका लागि भिडन्त गर्ने बनायो । यो नेपाली कांग्रेस भएर मात्र भएको हो । तर यसको जसचाहिँ कांग्रेसले लिन नसकेको भावना छ उनको । मानिसलाई कांग्रेसले गरेको काम थाहा दिन नसक्दा पहिलो संबिधानसभामा नेपाली कांग्रेस पराजित बन्नु परेको भन्दै उनी थप्छन् एमाओवादीको यथार्थरुप यी ५ ६ वर्षमा पूर्णतः सार्वजनिक भैसकेको छ । अब उनीहरुले आजसम्म फिँजाएको भ्रमबाट नेपालीहरु मुक्त भैसकेको हुँदा अब फेरि जनता नेपाली कांग्रेस बिना देश विकास संभव नभएको नतिजामा पुगेको उनले दावी छ उनको ।

क्षेत्र नं. ४ मा पूर्व सभासद् सुप्रभा घिमिरेले उठाएको प्रवृत्ति प्रति राजु श्रेष्ठ एकदमै निराश छन्, उहाँजस्तो बौद्धिक मान्छेबाट यस्तो कार्य न आशा गर्न सकिन्छ र नसुहाउँछ । पार्टीले गरेको निर्णयलाई सिरोधार्य गर्न नसक्ने मानिस न कार्यकर्ता हो न नेता हो उनले थपे । देशकै सर्वाधिक चर्चित व्यक्ति गगन थापालाई जिताउन पाउनुु त हामी क्षेत्र नं. ४ वासीहरुको भाग्य हो । यस्तो बेलामा सुप्रभा घिमिरेजस्तो मानिसले यो किसिमको व्यवहार गर्दा गगन थापाको बिजयमा खासै असर नपरे पनि सुप्रभा घिमिरेको आफ्नै राजनीति भने पूर्णविराम लागेको उनको तर्क थियो ।

 

राजु श्रेष्ठ क्षेत्र नं. ४ मा गगन थापाको जीत सुुनिश्चित भैसकेको बताउँछन् । मतदातालाई यो फलानो भनेर चिनाउने पर्ने अरु पार्टीका नेताहरुसामु गगन थापाको व्यक्तित्व र क्रियाशिलता पहिले नै थाहा पाइसकेका जनताले गगन थापा भन्ने विक्तिकै हेर्ने दृष्टिकोण नै फरक बनेको उनले दावी गरे । शेरबहादुर देउवा प्यानलका विश्वासपात्र मानिने राजु श्रेष्ठले चाहेको भए क्षेत्र नं. ४ बाट प्रत्यक्षको टिकट पनि दावी गर्न सक्थे तर उनी भन्छन् उमेरमा मभन्दा सानो भए पनि देशकै गहना हुन् गगन थापा । उनलाई जतिसक्दो सहज अवस्थामा यस क्षेत्रबाट उम्मेदवार बनाउनु पर्ने ध्येय थियो मेरो ।

 

राजु श्रेष्ठले नै सुप्रभा घिमिरेलाई समानुुपातिकको सिफारिसमा पहिलो नम्बरमा राख्न लगाएका थिए । यदि सुप्रभा घिमिरेले पार्टी छाडेर आफ्नो राजनीति विसर्जन नगरेको भए आज समानुपातिकको उम्मेदवारमा राजु श्रेष्ठका ठाउँमा सुप्रभा घिमिरे हुने थिइन् । राजु श्रेष्ठले थपे, राजनीतिमा म ठूलो धोकेबाजीपूर्ण महत्वाकांक्षा राख्दिन । अब जसरी धेरैभन्दा धेरै मतद्वारा गगन थापालाई क्षेत्र नं. ४ बाट जिताउने अभियानमा हिँडेको छु । क्षेत्र नं. ४ को माहांकाल, चपली र चुुनीखेल गाविसमा राजु श्रेष्ठको राजनीतिक र व्यक्तिगत पहँुच धेरै भएकोले त्यो क्षेत्रमा कांग्रेसलाई एकतित्र गर्न दौडिएका छन् उनी । पूख्र्यौलीदेखि नै काठमाडौंमा घरबास भएका राजु श्रेष्ठ हजुरबाको पालादेखि नै चक्रपथका चिनिएका व्यपारी घरानाको व्यक्ति हुन् । सामाजिक क्रियाशिलतामा विशेष रुचि राख्ने राजु श्रेष्ठ आध्यात्मिक स्वभावका छन् ।

तपाइँको प्रतिक्रिया ।