कपुर श्रेष्ठ क्षेत्र नं. ४ मा एमाओवादीबाट समानुपातिकतर्फबाट उम्मेदवार

कपन अनलाइनकपन नजिकै रहेको महानगर पालिकाको वडा नंं. ६ मा रहेको सरस्वतीनगर टोलसुधार समितिका पूर्व अध्यक्ष कपुर श्रेष्ठ एमाओवादीबाट क्षेत्र नं. ४ मा समानुपातिक तर्फ उम्मेदवार बनेका छन् । आज एमाओवादीको एक औपचारिक कार्यक्रममा उनलाई औपचारिकरुपमा समानुपातिक तर्फको उम्मेदवार भनेर सम्बोधन गरिएको छ ।
क्षेत्र नं. ४ को चुनावी गतिबिधिमा क्रियाशील एमाओवादीले बनकाली धर्मशालामा गरेको एक औपचाकिर भेटघाट कार्यक्रममा नन्दबहादुर पुनसँगै कपुर श्रेष्ठलाई पनि अतिथिको रुपमा मञ्चमा बोलाइएको थियो । खेलाडीहरुको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा मार्शलआर्टका करिब ५० जना खेलाडीको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।