बालकुमारी टोलमा साइरन सुरक्षा

कपन अनलाइनबडादशैंको शुभअवसर पारेर कपन १ मा रहेको बालकुमारी टोल सुधार समितिले टोल सुरक्षाको लागि अत्याधुनिक साइरन सुरक्षा जडान गरेको छ । फुलपातीको दिन देखि शुभारम्भ गरिने गरी जडान गरिएको साइरन सुरक्षा पहिलो चरणमा बालकुमारी टोलसुधार समितिको करिब १५० घरलाई हुने गरी जडान गरिन लागेको हो । टोल सुधार समितिका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार चाडपर्व तथा अरु बेलामा हुनसक्ने चोरी तथा अन्य घटनालाई न्युनिकरण गर्न साइरनले प्रभावकारी भूमिका खेल्नेछ । श्रेष्ठका अनुसार सुरक्षा साइरनले मानिसलाई सुरक्षाको अनुभूति दिनेछ ।

 
टोलवासीसँग हरेक घरको रु. १००० लिएर जडान गरिएको सुरक्षा साइरन कपनमा यति धेरै घर तथा क्षेत्रफलमा जडान गरिएको यो पहिलो पटक हो । अत्याधुनिक प्रविधिको यो साइरनको म्यासेज सिधै प्रहरी कार्यालयमा समेत पुग्ने भएकोले रातको समयमा हुने कुनै पनि आपराधिक कृयाकलाप सिधै प्रहरी समक्षसमेत पुग्ने भएकोले अत्यन्त प्रभावकारी रहेको बताइन्छ ।

तपाइँको प्रतिक्रिया ।