युवा तबलावादक सन्तोष वर्माको असामयिक निधन

santosh 11कपन अनलाइनयुवापुस्ताका प्रतिभाशाली तथा चर्चित तबलावादक सन्तोष वर्माको असामयिक निधन भएको छ । आज असोज २२ गते बिहान ६.३० बजेर हृदयघातबाट उनको निधन भएको हो । बिभिन्न शैक्षिक संस्था तथा निजी संस्थाहरुमा तबला प्रशिक्षण दिने सन्तोष अत्यन्त राम्रा प्रशिक्षकको रुपमा लिइने गरिन्छ । कुशल तबलावादकसमेत रहेका सन्तोष करिब ५०० प्रक्षिथार्थीहरुलाई नियमित प्रशिक्षण व्यस्त थिए ।

 

बेलुका खाना खाएर सकुशल सुतेका सन्तोष बिहान ६ बजे एक्कासी स्वास्थ्यमा असहज भएपछि छटपटाएर कराएपछि उनकी धर्मपत्नीसहितका आफन्तले ओम हस्पिटल लगेका थिए । तर हस्पिटल पुुग्दा चिकित्सकले उनको मृत्यू भैसकेको घोषणा गरेका थिए । ३४ वर्षीय सन्तोष वर्मा संगीतकार विनय वर्माका सुपुत्र हुन् । कपन संगीत सरोवरको मञ्च लगायत देशका विभिन्न मञ्चमा आफ्ना उत्कृष्ट कलाकारिता प्रस्तुत गरेका सन्तोष वर्माको एक श्रीमतीसहित ११ वर्षीय र ६ वर्षीय दुई छोरा छन् । कपन अनलाइन देशको हनोहार युवा तबलावादकको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

तपाइँको प्रतिक्रिया ।