पासाङले ६० जनालाई एमाओवादीमा भित्र्याए

कपन अनलाइनभरत धिताल

एमाओवादीले कपनमा करिब ६० जना बिभिन्न पार्टीका मानिसलाई आफ्नो पार्टीमा प्रवेश गराएको छ । असोज २१ गते  बालउद्धार उच्च मा.वि. मा भएको एक कार्यक्रममा केन्द्रिय सदस्य नन्दबहादुर पुन पासाङको हातबाट टीका लगाउँदै आशिष बस्नेत , गोकुल अधिकारी, सन्तोष वाइवा, चन्दन वि.शाह , केदार भट्टराई, दिनेश भट्टराई , गणेश राईलगायतका युवाहरू एमाओवादी प्रवेश गरका हुन् । अखिल नेपाल सांस्कृतिक माहासंघले आयोजना गरेको एक विशेष कार्यक्रममा क्षेत्र नं ४ का एमाओवादीका उम्मेदवारसमेत रहेका नन्दबहादुर  पुनलाई प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

कपन केन्द्रित   कार्यक्रममा बोल्दै पुनले  क्षेत्र नं ४ मा आफ्नो प्रतिस्पर्धा एमालेका निर्मल कुइकेल र काँग्रेसका गगन थापासँग देखिए पनि आफ्नो प्रतिस्पर्धा भने नेपाली काँग्रेसका उम्मेदवार संग रहेको बताए ।  उनले प्रतिस्पर्धा विनाको खेलको मज्जा नहुने भन्दै प्रतिस्पर्धामा जित एनेकपा माओवादीको हुने ठोकुवा समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।