पासाङबिरुद्ध लक्ष्मी धितालसहित ४ जनाको बागी उम्मेदवारी

कपन अनलाईनकाठमाडौं क्षेत्र नं. ४ मा एमाओवादीका नन्दबहादुर पुन पासाङबिरुद्ध एमाओवादी कार्यकर्ता लक्ष्मीप्रसाद धितालले बागी उम्मेदवारी दिएका छन् । लक्ष्मीले हल्लाखल्लानगरी दिएको बागी उम्मेदवारी कपनमा पनि चर्चाको विषय बनेको छ । लक्ष्मी धितालसँगै एमाओवादी कार्यकर्ता कालीबहादुर घर्तिमगर, केशवप्रसाद थपलियालगायतले पासाङबिरुद्ध उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगले हिजो बाँडेको उम्मेदवारको सूचिमा ३७ औं नम्बरमा कपन १ निवासी लक्ष्मीप्रसाद धितालले स्वतन्त्र उम्मेदवारी लेखिएको छ । उनको मनोनयन पत्र दर्ता नं. ५ रहेको छ ।
एमाओवादी हाइप्रोफाइल नेता मानिएका नन्दबहादुर पुनको उम्मेदवारीसँगै यस क्षेत्रबाट करिब ५ जनाले बागी उम्मेदवारी दिएको बताइएको बेला लक्ष्मी धितालको बागी उम्मेदवारीले एमाओवादीलाई झड्का लाग्ने देखिएको छ । निर्वाचन आयोगले पहिलोचरणमा प्रकाशित गरेको उम्मेदवारको नामावलीमा ४३ जना उम्मेदवारको नाम प््रकाशित छ ।

तपाइँको प्रतिक्रिया ।