सरसफाई कार्यक्रम सम्पन्न

अहिले नेपालीहरुको महान चाडहरु घर घरमा भित्रिसकेको छ । कपनमा पनि चाडवाड लक्षित विभिन्न शुभकामना आदान प्रदान र चियापानका कार्यक्रमहरुको चाप बढिरहेको छ । तर यस्ता कार्यक्रमबाट अलि फरक शैलीको कार्यक्रम कपन १ स्थित यूवा एकीकरण क्लबल सम्पन्न गरेको छ । विजया दशमी, दिपावली, छठ लगायतका चाडहरुको उपलक्ष्यमा ‘‘चेतनामुलक समाजको तत्परता, स्वच्छ वातावरण हाम्रो आवश्यकता’’ भन्ने मुल नाराका साथ असोज १९ गते घटस्थापनाको दिन बृहत्त सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बिहान ६ः३० बजे जोरधाराबाट शुरु भएको सरसफाई कार्यक्रम गौरीशंकर टोल, जोरधारा आसपास हुँदै आर्दशनगर गेटसम्म पुगेको थियो । स्थानीय व्यक्तिहरु सँगसँगै विभिन्न राजनैतिक पार्टीका सदस्यहरु सहित गरिएको कार्यक्रमले आफ्नो घर टोल आफैंले सफा राख्ने चेतनाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने कुरा क्लबका सचिव जनार्दन ढुङ्गानाले बताए ।

तपाइँको प्रतिक्रिया ।