लायन्स क्लब अफ काठमाडौं डाँफेको मधुमेह परिक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं डाँफेको मधुमेह परिक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

कपनअनलाइन

काठमाडौं, मंसीर १५। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए १ अन्तर्गत को लायन्स क्लब अफ काठमाडौं डाँफेले निशुल्क  मधुमेह परिक्षण तथा  परामर्श  सहित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ डाँफेको  आयोजनामा तथा महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको प्राबिधिक सहयोगमा  गोकर्णेश्वर नगरपालिका- ५ छिमेकी पार्टी प्यालेसमा सम्पन्न भएको हो  । मंसिर ११ गते बिहान ११: ०० बजे  बाट सुरु भएको सो कार्यक्रममा २०० जनाले सहभागिता जनाए ता पनि करिब १५३ जनाले मधुमेह परिक्षण गराएका  लायन्स क्लब अफ काठमाडौं डाँफेका लायन बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ बताए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेका संस्थापक अध्यक्ष लायन महेश आचार्यका अनुसार बढ्दो क्रममा रहेका मधुमेह रोगको जनचेतना एंव रोग न्युनीकरण गर्ने अभिप्रायले एक दिने निशुल्क  मधुमेह परिक्षण एबम परामर्श कार्यक्रम संचालन गरिएको बताए।  कार्यक्रममा चिफ एरिया लिडर  लायन सुरेन्द्र प्रकाश बलाय , जोन चियर पर्सन लायन  अच्युत बिष्ट  लगायत लायन्स क्लब अफ काठमाडौं डाँफेका पदाधिकारीहरु  र स्थानीयबासि को उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।