कुसुम कार्कीको नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी बन्यो

कपन अनलाइनपुरूषोत्म नेपाल

काठमाडौं । नेकपा (एमाले) काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय कमिटीले एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । क्षेत्रीय कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि बनेको हो । यस परिचालन कमिटीमा काठमाडौं जिल्ला कमिटीमा क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्ने सबै सदस्य, सबै शाखाका पदाधिकारी एवम् सदस्य, र जनवर्गीय संगठनका सबै पदाधिकारी एवं सदस्यलगायतका रहेका छन् ।

 
चावहिलस्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित घोषणा सभामा एक सय एक सदस्यीय निर्वाचन मूल परिचालन कमिटी बनेको छ । त्यसैगरी घोषढासभामा ४३ सदस्यीय सचिवालय गठन गरिएको छ । घोषणसभाले आर्थिक परिचालन, प्रचार प्रसार, महिला परिचालन, युवा तथा स्वयंसेवक परिचालन, कार्यालय व्यवस्थापन, बुद्धिजीवी परिचालन, सांस्कृतिक समूह परिचालन र अनुगमन कमिटीहरुको समेत घोषणा गरिएको थियो । ती सबै कमिटीका संयोजक पार्टीका जिल्ला कमिटी सदस्यहरु रहेका छन् । कार्यक्रममा क्षेत्र नं. ४ का एमाले प्रत्यासी निर्मल कुइँकेलले सबै कमिटिका सदस्य तथा कार्यकर्तालाई शुभकामना दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।