गगन थापाको चुनाव केन्द्रित व्यस्त दैनिकी

कपन अनलाइनबद्रि भट्टराई

काठमाडौं क्षेत्र नं. ४ मा चुनावी सरगर्मी व्यापक बढिरहेको बेला पार्टीहरु आआफ्नो प्रचारप्रसारमा व्यस्त छन् । पार्टीहरु भिन्न भिन्न तरिकाले निर्वाचनमा व्यस्त भैरहेको बेला नेपाली कांग्रेसका उम्मेदवार गगन थापा आफ्नो प्रचारप्रसारमा बढिभन्दाबढि समय दिइरहेका छन् । पछिल्ला १५ दिनदेखि गगन थापाले क्षेत्र नं. ४ मा कम्तिमा दैनिक ४ वटा भिन्न भिन्न कार्यक्रममा सहभागि बनिरहेका छन् । क्षेत्र नं. ४ का गाविस र ४ नगरपालिकाको वडाहरुमा उनले हरेक दिन भ्रमण गर्ने कार्यक्रम बनाएका छन् । श्रोतका अनुसार उनले कम्तिमा प्रत्येक दिन दुई वटा गाविसका कार्यक्रम र दुईवटा नगरका वडाको कार्यक्रममा सहभागि र सम्बोधन गर्नेछन् । यसको अलावा आवश्यक्ता हेरेर अन्य कार्यक्रममा पनि सहभागि रहनेछन् ।

 
गगन थापाको चुनावी अभियानलाई व्यवस्थित तथा अझ प्रभावकारी बनाउन नेपाली कांग्रेस क्षेत्र नं. ४ ले १,१११(एकहजार एक सय एघार) सदस्यीय चुनाव प्रचारप्रसार मूल आयोजक समिति निर्माण गरेको छ । यस प्रचारप्रसार समितिका संयोजकको क्षेत्र नं. ४ नेकाका सभापित न्हुच्छेनारायण श्रेष्ठ रहेका छन् । यस समितिले आफ्ना उम्मेदवारका हरेक कार्यक्रमको संयोजन, व्यवस्थापन गर्नुको साथै सबै चुनावी गतिबिधिको संचालन गर्ने कुरा नेका क्षेत्र नं. ४ का सचिव श्यामकृष्ण संगतले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।