कांग्रेस र एमालेले उम्मेदवार निश्चित गर्यो, एमाओवादीले उम्मेदवार हेरफेर गर्न सक्ने
कपन अनलाइनदेशको सबैभन्दा शक्तिशाली मानिने राजधानीमा कुन पार्टीले कस्ता उम्मेदवार पठाउने हुन् भन्ने पर्खाई अब करिब-करिब सकिएको छ । कांग्रेस र एमालेले आफ्ना उम्मेदवारहरुको नाम पक्का गरेको छ भने एमाओवादीले पनि भोलिसम्ममा सबैको नाम सार्वजनिक गरिसक्नेछ । एमाओवादीले पहिला हल्लामा आएका नामहरुलाई केही परिवर्तन गर्न खोजेको श्रोतको दाबी छ । जित्न नसक्ने क्षेत्रमा ठूला उम्मेदवारलाई उठाउँदा उसको व्यक्तित्व कमजोर हुने भएकोले काठमाडौंमा नाम सार्वजनिक भएका केही नामहरु परिवर्तन हुन सक्ने एमाओवादी श्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले अन्तिम उम्मेदवारीको सूचि बाहिर ल्याउँदा सर्वाधिक पर्खाइमा रहेको काठमाडौं क्षेत्र नं. ४ मा गगन थापालाई उम्मेदवार बनाएको छ । त्यस्तै सिफारिसमासमेत नरहेकी प्रतिमा गौतमलाई अप्रत्यासितरुपमा क्षेत्र नं. २ मा उम्मेदवारी दिएर कांग्रेसले सबैलाई चकित बनाएको छ । प्रकाशमान सिंह प्यानलकी युवा हस्ति मानिने प्रतिमाले अब माधवकुमार नेपाल र लिलामणि पोखरेलसँग प्रतिस्पर्धा गर्नेछिन् ।
उम्मेदवारी कसलाई दिइयो भन्ने सबालमा झन्नै झन्नै राप्रपा नेपालमा छिरी सकेको नाम कम बदनाम बढि भएका नायक भुवन के.सी.लाई एमालेले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएर दुनियाँ हँसाएको छ । के.सी.लाई क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने एमालेले निर्णय गरेको थियो । के.सी.ले अब प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी क्षेत्र नं. ६ मा योगेश भट्टराई र केशव स्थापितबीच कसलाई उम्मेदवारी दिने भन्ने विषयलाई पनि एमालेले सल्ट्याएको छ । क्षेत्र नं. ५ मा योगेश भट्टराई नै उम्मेदवार हुने भएका छन् । उनले नेपाली कांग्रेसका भिमसेनदास प्रधानसँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली कांग्रेसले काठमाडौंबाट क्षेत्र नं. १ मा प्रकाशमान सिंह, क्षेत्र नं. २ मा प्रतिमा गौतम, क्षेत्र नं. ३ चक्रबहादुर ठकुरी, क्षेत्र नं. ५ मा नरहरि आचार्य, क्षेत्र नं. ६ मा भिमसेनदास प्रधान क्षेत्र नं.७ प्रमिलासिंह डंगोल, क्षेत्र नं. ८ मा नविन्द्रराज जोशी, क्षेत्र नं. ९ मा ध्यानगोविन्द रञ्जित, क्षेत्र नं. १० राजन के.सी.लाई उम्मेदवार बनाएको छ ।
त्यस्तै एमालेले काठमाडौंबाट क्षेत्र नं. १ मा भूवन के.सी. क्षेत्र नं. २ मा माधवकुमार नेपाल, क्षेत्र नं.
३ मा रामेश्वर फुयाल, क्षेत्र नं. ४ मा निर्मल कुईंकेल, क्षेत्र नं. ५ मा ईश्वर पोखे्रल, क्षेत्र नं. ६ मा योगेश भट्टराई, क्षेत्र नं. ७ मा रामवीर मानन्धर, क्षेत्र नं. ८.मा जीवनराम श्रेष्ठ, क्षेत्र नं. ९.मा कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नं. १० मा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।