गगनले टिकट पाएपछि सुप्रभाले कांग्रेस छाडिन्

कपन अनलाइनकाठमाडौं क्षेत्र नं. ४ मा गगन थापाले प्रत्यक्षतर्फ टिकट पाएपछि प्रत्यक्षको सिफारिसमा समेत नपरेकी सुप्रभा घिमिरेले टिकट नपाएको भनेर नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेकी छिन् । लामो समयदेखि कसले टिकट पाउने वा गगन थापाले टिकट पाउने वा नपाउ्रने विषयमा प्रतिक्षा गरिएको काठमाडौं क्षेत्र नं. ४ बाट गगन थापालाई उम्मेदवारीको पत्र दिएको केही घण्टामा सुप्रभा घिमिरेले पार्टी छाडेको घोषणा गरेकी हुन् ।
अघिल्लो संबिधानसभामा क्षेत्र नं. ४ बाट विजय भएकी सुप्रभा घिमिरे कार्यकर्ता तथा आमजनताबीच अत्यन्तै अलोकप्रिय मानिएपछि नेका क्षेत्रीय समितिले उनलाई प्रत्यक्षमा सिफारिस गरेको थिएन । उनले आफूुलाई प्रत्यक्षमा सिफारिस नगरेकोमा क्षेत्रीय समितिले षडयन्त्र गरेको बताउँदै आएकी ७० वर्ष हाराहारीकी सुप्रभा घिमिरेले पार्टीबाट राजीनामा दिनुलाई पूर्णतः टिकटको राजनीति भन्नेहरु धेरै छन् । आफ्नो कार्यकालमा कार्यकर्ता र जनतालाई रिझाउन नसक्ने अनि टिकट चाहियो भन्ने उनको प्रवृति नेपाली राजनीतिको वर्तमान तस्वीर हो । देशभर टिकट नपाएपछि पार्टी छाड्दै अर्को  पार्टीमा प्रवेश गर्ने प्रवृति देखिरहेको बेला कुनै बेला प्राध्यापक संघको महासचिवसम्म बनिसकेकी सुप्रभाले नेपाली राजनीतिको आम मानसिकतालाई उजागार गरेकी छिन् ।
पार्टीले आफ्नो योगदानलाई कदर नगरेको भन्दै राजधानीको एक एफएमलाई दिएको अन्र्तवार्तामा सुप्रभाले पार्टी छाडे पनि अरु पार्टीमा प्रवेश नगर्ने बताएकी थिइन् । यद्यपि क्षेत्र नं. ४ नेपाली कांग्रेस भने गगन थापाले टिकट पाएकोमा खुसीयाली मनाइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।