परिचित अपरिचित – २ !
कपनअनलाइन
काठमाडौं,कार्तिक २९। प्रशुराम अधिकारी/कथा
छिट्टै घर जानु छ भनेर साथीलाई काम जिम्मा लगाएर ऊ ४ बजे नै अफिसबाट निस्की । बत्तिसपुतलीको चाइना डक रुफटफ क्याफेमा ऊ पहिले देखि नै करिरहेको थियो । कफि पिउँदै र खाजा खाँदै उनीहरुले निकैबेर कुरा गरे । उनीहरुलाई देख्दा लाग्थ्यो यिनीहरुको धेरै पटक भेट भईसक्यो । निकै परिचित जस्ता देखिने उनीहरुको औपचारिक परिचय त्यहि भेटमा भएको थियो । त्यही भेटमा नै उनीहरुले मोबाइल नम्बर आदान–प्रदान गरे । फेसबुकमा पनि जोडिए र अब निरन्तर सम्पर्कमा रहने, कुराकानी गर्ने, अनुभव–अनुभूति साटासाट गर्ने बाचा पनि गरें । हिड्दै चाबहिलसम्म आएर भोलि भेट्ने बाचासहित छुट्टिए ।
उसलाई भेट्दा, औपचारिक परिचय गर्दा र लामो भलाकुसारी गर्दा ऊ निकै दङ्ग थिई । एकदम मन भित्रैदेखि प्रफुल्लीत थिई । ऊ आफैलाई लाग्थ्यो धेरै पछि उसले खुशी हुने बाहाना भेट्टाएकी छे । एकदम प्रशन्न मुद्रामा ऊ कोठा पुगेकी थिई र कोठामा पुग्ने बित्तिकै ब्याग पनि नराखी सरासर ऐना अगाडि पुगी । एकपटक आफुलाई ऐनामा हेरी र आफैदेखि अलिकति लजाइ । उती नै बेला त्यही युवकलाई झलक्क सम्झी । उसलाई सम्झीदै आफुलाई ऐनामा राम्रोसँग नियाल्न थाली । उसैलाई पनि थाहा छैन ऊ किन हो सधैँभन्दा आज निकै राम्री देखिएकी छ । कपडा फेरेर पुनः आफुलाई ऐनामा हेरी उसको खुशीमा सुन्दरता अझ निखारीएर आइरहेको भान भइरहेको थियो । बुबा, आमा र भाईले उसमा छाएको खुशी र उसमा बढेको सुन्दरताको अतिकति छनकसम्म पनि पाएनन तर उसको आजको घरको कामप्रतिको लगाव र उसमा बढेको उर्जाको भने थोरै अनुभूत गरिरहेका थिए सायद ।
ऊ खाना पकाउने तरखर गर्दै थिई । मोबाइलको घण्टि बज्यो । हतार हतार मोबाइल हातमा लिदै ऊ बाहिर निस्की । फोन गर्ने उही थियो । केही घण्टा अघि मात्रै सेभ गरेको नम्बर । निकैबेर कुरा गरेपछि फोन राखी उसले । फोनमा कुरा गर्दा उसको मुहारको उज्यालो चमक अझ बढेको थ्यो ।
सन्दिप जातले क्षत्री थियो । एउटा पब्लिकेसनमा मार्केटिङ गथ्र्यो । घर स्याङजा । काठमाडौंमा भाडामा एक्लै बस्थ्यो । तीन भाई छोरा मध्ये कान्छो । घर परिवारको कुनै चिन्ता थिएन ।उसका बुबा गाउँमा शिक्षक थिए, स्थापित शिक्षक । दुइटै दाजुहरु सरकारी जागिरे । जेठो दाई जिल्ला वन कार्यालयमा अधिकृत र माइलो भर्खर ना.सु.मा नाम निकालेर जागिर खान थालेको । उसले पनि लोकसेवाको तयारी गर्दै थियो । ब्याचलर्सको अन्तिम वर्षको रिजल्ट आइसकेको थिएन उसको । कलेजको बोझ थिएन यतिबेला । दिउसो अफिस र बेलुका साथीभाई भेटघाट । कहिले साथीहरुसँगै खायो आयो । कहिले साथीहरुकामा गएर खायो । बेलुका खासै खाना पकाउने जाँगर गर्दैनथ्यो । बिहान त आफैले पकाएर खानै प¥यो । खाना पकायो खायो । हिड्दै बस स्टपसम्म आयो, बस चढ्यो अफिस पुग्यो ।दिनभरी मोटरसाइकलमा डुल्यो र बेलुका साथीभाई इष्टमित्रसँग जमघट गर्दै कोठामा फक्र्यो । उसको प्रायः दिनचर्या यही नै थियो । उसले दिनभरी चढ्ने अफिसको मोटरसाइकल राख्ने ठाउँ नभएकाले कोठामा ल्याउँदैनथ्यो र राम्रो बन्दोबस्त भएको कोठाको खोजीमा थियो । अफिसबाट कोठाको दुरी हिड्दा आधी घण्टाको फरक थियो ।
निकै दिनदेखि ऊभित्र खुसीका तरङ्गहरु तरङ्गीत हुन खोज्दै थिए । अस्ति एक्सिडेन्ट भएर हस्पिटल बसेर आएदेखि मनमा एक किसिमको उमंग प्रवाहित भइरहेको थियो । समृद्धिलाई भेटेदेखि उसको मन एकदमै कल्पनामा दौडिरहेको छ । यसैका आडमा ऊ रोमाञ्चित पनि भइरहेको छ ।
आज ऊ सरासर कोठामा आयो । खाना पकाएरै खाने विचारले खाना बसाल्यो । खाना पकायो खायो । समृद्धिसँगको भेट र एकछिन अघि फोनमा गरेको कुराकानीले धितै मरेको छैन उसलाई । फेरी फोन गरु गरु जस्तो लागिरहेथ्यो । तर फोन गरेन मिसकल मात्रै ग¥यो । समृद्धिले तुरुन्तै फोन फर्काइहाली । एकछिन फोनमा कुरा गरेर फोन राखे । ऊ खाटमै पल्टिएर डाटा अन गरेर समृद्धिको प्रोफाइलमा विचरण गर्न थाल्यो । समृद्धिको रुप, यौवन र निकटताले लोभिएको उसको मन फेसबुकबाट प्रस्टिएको सालिनताले झनै लोभ्यायो । समृद्धिकै कल्पनामा डुब्दा डुब्दै ऊ यति डुबेछ की त्यसबाट तैरिएर निदाउन उसलाई निकै कठिन प¥यो ।
समय अघि बढीरहेको थियो । समय सँगैसँगै उनीहरुको सम्बन्ध पनि निकटताका सीमानाहरु पार गर्दै अघि बढिरहेको थियो । प्रायः हरेक दिन भेट हुन्थ्यो । फोन, मेसेज, फेसबुक, मेसेन्जर, भाइबर, इमो यि सबैमा कुराकानी पनि हुन थाल्यो । यि कुराकानीहरुले उनीहरुबीचको निकटताको दुरी झन साघुरो बनाइदियो । विस्तारै बढ्दै गएको कुराकानीको क्रम निद्राको बेलाभन्दा अघिपछि पलपलमा पुगीसकेको थियो । पलपलको अपडेट, पलपलको कुराकानी ।भावनात्मक घनिष्टता र लयात्मकता । हृदयको कुरा हृदयले सुन्ने हृदयले बोल्ने । साँँच्चै यसलाई के नाम दिने ?
‘प्रेम’?
‘प्रेम’ समयको संयोग मात्रै होकी सृष्ट्रिको पवित्रता ?
हरेक दिनको भेट र पलपलको कुराकानीले आपसमा एकअर्काका स्थिति परिस्थितिमा परिचित मात्रै गराउँदैनथ्यो । भावनाहरुको प्रेमिल मिलन पनि हुन्थ्यो । सायद दुवैको मन मिलेकोले असहमति र असमझदारी पनि मिलनमै टुङ्गिन्थ्यो ।
मन कहाँ नभएको हो र ? अरु प्रेमिल जोडि जस्तै घरभन्दा बाहिर घुम्न जाने र आपसमा प्रेमिल पलहरु गुजार्ने । तर समृद्धि र उसको परिवारबाट यस्तो समयको कल्पना गर्नु वेकार बनाइन्थ्यो । हुन त काठमाडौंका सिमित केही ठाउँहरुमा उनीहरुले केही पलहरु गुजारें तर एकदम डर र संकोचमा ।
समृद्धिको संगतले सन्दिप एकदम सुध्रिएको थियो । ऊ सधैँ बिहान बेलुका घरमै खाना बनाएर खान्थ्यो । साथीभाईसँग धेरै बरालिन पनि छोडेको थियो । चारैतिर बरालिएर हिड्नु भन्दा लोकसेवाको राम्रो तयारी गर्छु भनेर समृद्धिलाई भनिरहन्थ्यो । दिनभरी अफिस अनि समृद्धिसँग कुराकानी र बाँकी समय समृद्धिकै सम्झना । कोठामा आयो समृद्धिसँगै कुरा ग¥यो । खाना पकायो खायो, भाँडा माझ्यो ।फेरी समृद्धिसँगै कुरा गर्न थाल्यो । बाँकी समय उसैलाई सम्झ्यो । खै कहाँ समय बच्यो र पढ्ने ? कुनै दिन समय निकालेरै किताब खोल्यो । सम्झनामा समृद्धि, सामाजिक सञ्जाल, भविष्यको कल्पना, घर परिवार, करियरको चिन्ता अनि अफिसको तनाव यि सबैले पढ्ने वातावरण नै कहाँ दिन्थे र ?
सम्बन्धको औपचारिकता विना नै उनीहरुले छ महिना बिताए । यस बीचमा दुवैमा एकदम छटपटी थियो । जब सन्दिपले औपचारिक प्रेम सम्बन्धको प्रस्ताव राख्यो, समृद्धिले किन नाइ भन्थी र ? तर समृद्धिको ब्राह्मण परिवारमा यो सम्बन्धको सुइकोसम्मले पनि निकै तनाव हुन्थ्यो । त्यसैले करिब ६ महिना समृद्धि आफ्नो प्रेमलाई परिवारभन्दा टाढा राखेर रमाई ।
त्यसपछि भाईको मार्फतबाट समृद्धिको परिवारमा उसको प्रेमको बारेमा अलि अलि चर्चा हुन थाल्यो । सुरुसुरुको केही महिना उसले होइन भनेरै जिती तर ऊ धेरै ढाटी रहन पनि त सक्दिनथी ।
प्हिलेको भन्दा विकास पनि निकै भयो । समाजमा परिवर्तनहरु पनि धैरै भए तर अझै समाजमा पुरातन सोच, संस्कार र विचारहरुमा खास सुधार हुन सकेको छैन । समृद्धिलाई चित्त नबुझेको कुरा यही थियो । जातीय विभाजन र प्रेमको अवमूल्यन । समाजले वास्तविकतालाई किन स्वीकार्न सक्दैन ? किन भ्रम मात्रै बाचिरहन्छ समाज ?
क्षत्रीसँग छोरीले प्रेम गरी भन्ने कुरा नै उसको परिवारमा तनावको विषय भयो । पहिले असल छोरी अब विस्तारै इज्जत फाल्ने हुन थाली ।
जजमानी ब्राह्मणका लागि आफ्ना छोराछोरीले आफ्भन्दा तल्लो जातसँग प्रेम र विवाह गर्नु जस्तो इज्जत जाने काम अरु के हुन सक्ला र ?
जजमानहरुकै विश्वास गुम्ने डर, आफन्त, इष्टमित्र र छिमेकीले अनेकौं कुरा काट्ने डर ।
छोरीलाई अनेक सम्झाए बाबु आमाले । छोरीले सुनिमात्र रही । हुन त परिवारमा मात्रै सिमित थियो कुरा । पछि छोरीले कुरा बुझ्छे भन्ने बाबु आमाको विश्वास थियो ।
बिस्तारै बिस्तारै विवाह गर्नुपर्छ भन्ने दबाब र समय पनि आउँदै थियो । तर समृद्धिका लागि भाईको धेरथोर समर्थन बाहेक घर परिवारबाट उसको प्रेममा विरोध मात्रै भइरह्यो । त्यसैले उसका सामु निकट भविष्यमा दुई विकल्प थिए । एक परिवार त्याग्ने, दुई प्रेमी त्याग्ने । यि दुई विकल्पमा ऊ निकै रन्थनिई । तर ऊ दुबैलाई गुमाउन चाहान्नथी । यि दुबै विकल्प र दुबै गुमाउन नचाहाने अवस्थाका लागि ऊ भित्र निकै गुम्सिई, निकै चिरिई, निकै छटपटाई । तर उपयुक्त बाटो भेटिदै भेटिएन । सन्दिपसँग पनि बारम्बार एक दुई पटक त भागेर विवाह गरौं पनि नभनेको होइन तर उसले मानिन ।
कहिकाँही त उसलाई पनि घर परिवार त्यागेर सन्दिपसँग मात्रै लागौं पनि लाग्थ्यो । त्यही भएर सन्दिपले घरमा विवाहको कुरा ग¥यो । तर ब्राह्मणकी छोरी सन्दिपका परिवारले पनि स्वीकार्ने छाँट देखाएनन् ।
सन्दीपले बारम्बार परिवार छोड्ने दबाब दिँदा उसले आँट गर्नै सकिन । आफ्ना बाबुआमालाई त्यागेर उनीहरुको मञ्जुरी बेगर हिड्नै सकिन । छोरी हिडि हाल्छेक ीभनेर विवाहका लागि समृद्धिको परिवारमा धमाधम ब्राह्मण केटाको खोजी हुन थाल्यो । दुई चार केटाहरु पनि हेर्न आए तर समृद्धिले मानिन ।
समृद्धिको लागि केटा हेर्न आएका छन् भन्ने कुराले सन्दीपमा शंका उब्जन थाल्यो । ‘समृद्धिले उसको भावनामाथि खेलबाँड गरि’ भन्ने लाग्न थाल्यो सन्दिपलाई । खाली शंका मात्रै गरिरहने सन्दिपको बानीले समृद्धिलाई दिक्क लाग्न थाल्यो । जिन्दगी र आगामी भविष्य र विवाहका विषयमा विस्तारै विवाद बढ्न थाल्यो । आफ्नो पवित्र प्रेमलाई नबुझ्नेसँग कसरी जिन्दगी बिताउँनु भन्ने भावनाहरु उब्जन थाले ।
त्यही समयमा समृद्धिका लागि एक जना सरकारी जागीरे अधिकृत केटा माग्न आयो । आफ्नो पारिवारिक स्तरभन्दा गतिलै, पढेको र जागिरे केटा माग्न आएकोले घर परिवार र आफन्त सबैले समृद्धिलाई विवाह गर्ने सल्लाह दिए ।
‘यो उमेरमा यस्तो प्रेम त सबैको हुन्छ । सबै काँ प्रेम भनेर बस्छन् र ? यस्तो मौका फेरी फेरी आउँदैन । तेरै राम्राका लागि हो हामीले भनेको……..’ सबैको यस्तै सुझाव आउन थाल्यो ।
उसले पनि आफ्नो सुरक्षित उज्जल भविष्य र दरिलो साथको छनक पाई त्यस केटामा । विस्तारै उसको मन फेरिदै आयो । सन्दिपसँग झगडाले बोलचाल बन्द थियो । तर बारम्बार ऊ सन्दीपलाई सम्झेर ऊ सँग बिताएका प्रत्येक पलहरु सम्झेर भाबुक हुन्थी । तर परिवारको दबाबमा उसले विवाह गर्ने निर्णय गरी ।
+ + +
समृद्धि र सन्दीप उनीहरुको कुनै संवाद नभएको पनि दुई वर्ष बितेछ । भेटघाट नभएको पनि निकै समय भईसकेछ । यसबीचमा कहिलेकाही उनीहरुको देखादेखा हुन्थ्यो । तर बोलचाल नभएको निकै भईसक्यो । मानौं उनीहरु परिचित हुन । तीन वर्ष घनिष्ट सम्बन्धमा रहेका उनीहरु आज आ–आफ्ना जीवनसाथीसँग साथै रहेका बेला अकस्मात भेट भए । वर्षौका परिचित उनीहरु अपरिचित जस्तै गरी परपर पुगुन्जेल हेरी–हेरी छुट्टीए ।