नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले पूर्णता पायो
कपन अनलाइन
काठमाडौं कार्तिक २७। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमिटीले पूर्णता पाएको छ । नेकपा काठमाडौं जिल्लाले दक्षिणकाली नगर कमिटीलाई पूर्णता दिएको हो । काठमाडौं भित्रका ९ नगर मध्ये पहिलो नगर कमिटीको पूर्णता पाउनेमा दक्षिणकाली रहेको छ । जिल्लाले नगर कमिटीमा ८१ सदस्यीय नगर कमिटी र २७ सदस्यीय नगर सचिवालय चयन गरेको हो ।
सोमवार फर्पिङमा नगर कमिटीले आयोजना गरेको प्रथम बैठकले ९ वटै वडा अध्यक्ष र सचिवको समेत टुङ्गो लगाएको छ ।नेकपाका प्रदेश ३ सहइन्चार्ज हितमान शाक्य, नेकपा काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसाल, नेकपा केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई, नेकपा काठमाडौं जिल्ला सचिव हिमाल शर्मा लगाएतको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । नयाँ चयन भएका वडा कमिटी अध्यक्ष र सचिवलाई नेता शाक्यले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कृष्ण राईले मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा सम्पूर्ण नेता कार्यकर्ता आ– आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्न निर्देशन दिए । दक्षिणकाली वडा ३ मा हुन लागेको अध्यक्ष पदको उपनिर्वाचनमा नगर कमिटीले ध्यान दिदै पार्टीका कार्यक्रम र योजनालाई जनातमाझ पुर्याउनुपर्ने बताए । उनले जनताका समस्या र आवाजलाई नगर कमिटीले सुल्झयाउँदै अगाडी बढ्नु पर्ने धारणा राखे ।
फोटो विकास चालिसे