भारतले जारी गरेको नक्साको बिरोध गर्दै नेबी संघ द्वारा पर्दर्शन

भारतले जारी गरेको नक्साको बिरोध गर्दै  नेबी संघ द्वारा पर्दर्शन

कपन अनलाइन

 काठमाडौं कार्तिक २६ । लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध गरेका छन्। आज बिहान  एक कार्यक्रमको आयोजना गरि बिरोध र्याली गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समिति र नेपाल विद्यार्थी संघ पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने, जस्ता नारा लगाइएको थियो । सयौको संख्यामा विद्यार्थीसहित मित्रपार्कबाट शुरु गरिएको विरोध र्याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।

भारतीय नक्सामा नेपाली भूमि राखिएको विरोधमा नेविसंघले विरोध गर्दै आएको छ । उक्त  कोण सभा कार्यक्रममा बोल्दै  नेपाल बिद्यार्थी संघ नेता सुशान्त तामांगले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राखेका थिए ।

उनले प्रचण्डले उक्त समस्यालाई अन्तर्राष्ट्रियकरण गरिहाल्न भने नमिल्ने अभिव्यक्तिको खण्डन गर्दै  सरकारको रवैयाको  समेत बिरोध  गरेका थिए ।कोण सभामा बोल्नेहरुले भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको लिपुलेक कालापानी  नेपाली भूमि भएको भन्दै भूमि माथिको बाह्य हस्तक्षप स्वीकार्य नहुने बिरोधमा सहभागीहरुले बताएका थिए। नेपालीहरु आफ्नो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।