नेपालक्लियरिङ्ग हाउस लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न

नेपालक्लियरिङ्ग हाउस लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न

कपनअनलाइन

काठमाडौं,कार्तिक २६ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

कार्तिक २५ गते (११नोभेम्बर२०१९) मा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा उक्त साधारण सभा सम्पन्न भएको हो । बैठकले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७ ५-७६ मा कम्पनीले खुद नाफा रु.२३ करोड ७७ लाख ३५ हजार ७ सय ८६ गरेको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आ.व. २०७५-७६ मा NCHL-ECC मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) बाट ४,९३१,९५० तथा connect IPS e-Payment प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो । कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५-७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार दैनिक औसत कारोवार ६७ हजार ४ सय ७९ रहेको थियो जुन औसत दैनिक रकम ३६.८५ अर्ब रहेको थियो ।  जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो । हाल८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु इन्दाईरेक्ट/टेक्निकल मेम्बर(Indirect/Technical Member) को रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१०%), बैंक तथावित्तीय संस्थाहरु (८०%) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१०%) द्वारा प्रवद्र्धित कम्पनी हो ।

यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।

 

तपाइँको प्रतिक्रिया ।