धादिङ समाज जापानद्वारा सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई सहयोग
कपनअनलाइन
काठमाडौं,कार्तिक २६। धादिङ समाज जापानले, सडक बालबालिकाहरु तथा असाहय व्यक्तिहरुलाई सहयोग गर्दै आएको संस्था – (सडक बाट घर) स्ट्रिट टु होमलाई भौतिक सामग्रीहरु हस्तान्तरण गरेको छ ।
सहयोगाक्षिलाई, क्षणिक केहि दान दिएर परनिर्भर र आसामुखि बनाउनु भन्दा शिप, शिक्षा र अवसर दिऊँ भन्ने संस्थाको अभियानलाई प्रेरणा र हौसला दिँदै, समाजले यस प्रकारको सहयोग हस्तान्तरण गरेको हो ।
समाजका महासचिव बिमल श्रेष्ठका अनुसार, सहयोग स्वरुप २५ हजार रुपैँयाको कपडा राख्ने दराज ,१३ हजार रुपैँयाको स्कूल पोशाक , १० हजार रुपैँयाको तरकारी बेच्नका लागि ठेलागाडा तथा २३ सय ६० रुपैयाँको अभ्यास् पुस्तिका(कापी) प्रदान गरिएको हो ।
संचारकर्मी बिष्णु आचार्यको आह्वान पछि, जापानमा कृयाशिल अर्का संचारकर्मी राजन गौतमको पहलमा धादिङ समाज जापान ‘स्ट्रीट टु होम’संग जोडिन पुगेको हो । धादिङ् समाज जापानका संचार संयोजक समेत रहेका गौतमले समाजलाई गरेको प्रस्तावमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको स्विकृति प्राप्त भएपछि, दशैँ तिहारको अवसरमा, संस्थाको अध्यक्ष कृष्ण प्रसाद खनाल तथा महासचिव स्वयम संस्थामा पुगि सो, सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
अध्यक्ष खनालले भने -‘संस्थाको बारेमा सुनेको भरमा सहयोगको निर्णय गरेका थियौँ,संस्थामै पुगेर हेर्दा वास्तबमै सहि निर्णय गरेको महशुस भयो,संस्थाले निकै राम्रो काम गरेको रहेछ । धेरै सडक बालिकाहरुले आश्रयसंगै शिक्षा पनि पाईरहेका रहेछन् । त्यस्तै असाहयहरुलाई स्वआर्जन उन्मुख बनाएको रहेछ ।
संस्थाकी व्यवस्थापक एवं संचालिका सुगिता शाहले सहयोगप्रति खुसी हुँदै भनिन् -‘परदेशी भूमिमा पसीना बगाएर नेपाल आमाको सेवामा समर्पित धादिङ समाज जापानको सम्पुर्ण टिम प्रति अत्यन्त आभारी भएको बताइन। जसले हामीले थालेको सानो प्रयासमा मजबुत इट्टा थपिएको छ । हाम्रा नानीबाबुहरूको लागि उनीहरुले गरेको सहयोगले अत्यन्त ठूलो गुन लगाएको छ । उनले धादिङ समाज जापानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हृदयदेखि कृतज्ञ रहेको बताइन।