प्रहरी नियन्त्रणमा ‘अघोरी बाबा’

प्रहरी नियन्त्रणमा ‘अघोरी बाबा’

कपनअनलाइन

काठमाडौं,कार्तिक २५। सामाजिक संजालमा अघोरी बाबा भनेर चर्चित बनेका विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ।

ठगी गरेको आरोप लागेपछि उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको हो।

बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।