हत्या गरी फरार रहेका २ जना अभियुक्त पक्राउ

हत्या गरी फरार रहेका २ जना अभियुक्त पक्राउ

कपनअनलाइन

काठमाडौं, कार्तिक २५। २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस-२ हाल खनियाबास गाउँपालिका-३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका-३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३७ वर्षीय शुक लामा तामाङ रहेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो महारागजंबाट खटिएको प्रहरीले गोम लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदी र शुक लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ बाबा चोक मुलपानीबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले पशुराम तामाङलाई पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको बिबादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

साथै वारदात समयबाटै फरार रहेका गोम लामा तामाङ बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आए पश्चात गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यबसाय गर्दै आएको र शुक लामा तामाङ कतार तथा मलेशिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल संचालन गरी लुकुछिपि बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।

पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको सो व्यूरोले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।