बुढानिलकण्ठ नगरपालिका – १२ को अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुने सम्बन्धि सूचना
कपनअनलाइन
बुढानिलकण्ठ,कार्तिक २१ । बुढानिलकण्ठ नगरपालिका वडा नं – १२ ले सार्वजनिक सूचना जारी गरेको छ । उक्त सूचना मार्फत बुढानिलकण्ठ नगरपालिकाले वडा नं ८,९,१०,११,१२ र १३ को खानेपानीको अल्पकालीन र दीर्घकालीन समस्या समाधानको लागि अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
सम्मानीय प्रधानमन्त्रीका परारास्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थितिमा उक्त कार्यक्रम मिति २०७६ कार्तिक २३ गते बिहान ७: ३० बजे मिलन चोक पार्टी भेन्यु, मिलन चोकमा हुने भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थिति हुनको लागि आग्रह गरेको छ।
तपाइँको प्रतिक्रिया ।