भक्तपुरमा नेकपा उम्मेद्वार डिपी ढकालले गरे उम्मेद्वारी दर्ता

भक्तपुरमा नेकपा उम्मेद्वार डिपी ढकालले गरे उम्मेद्वारी दर्ता

कपनअनलाइन

भक्तपुर,कार्तिक २१। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार देवीप्रसाद ढकाल (डिपी ढकाल)ले भक्तपुर निर्वाचन क्षेत्र नं १ (क)मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्यको मृत्यु भएपनि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ताको मिति तोकेको थियो । सोही अनुसार नेकपाको निर्णयअनुसार ढकालले उम्मेदवारी दर्ता गराएका हुन्। चाँगुनारायण नगरपालिका र भक्तपुर वडा नम्बर १० निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा गत निर्वाचनमा नेकपाकै उम्मेद्वार बिजयी भएका थिए ।

तपाइँको प्रतिक्रिया ।