कपन क्याम्पसले साँस्कृतिक कार्यक्रम गर्ने

कपन मिलन चोक स्थित कपनकै पहिलो सामुदायिक क्याम्पस कपन बहुमुखी क्याम्पसले नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, छठ, तथा इदको पावन अवसर पारेर दशैँ र तिहारको बीचमा बरिष्ठ कलाकारद्घय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा बृहत्त साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कपन आसपासका स्थानीयहरुलाई लक्षित गरि आर्थिक संकलनका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागेको कुरा बताइएको छ । निश्चित टिकट दर तोकी क्याम्पस प्राङ्गणमै गरिने उक्त कार्यक्रमले स्थापना कालको शुरुवाती समयमा आर्थिक समस्याले गुज्रिरहेको क्याम्पसलाई आर्थिक स्थिति मजबुत बनाउन टेवा पुग्ने विश्वास क्याम्पसले लिएको छ ।

 

बालउद्धार उ.मा.वि.को भवनमा ५ वर्षलाई क्याम्पस सञ्चालन गर्ने स्वीकृति लिएको कपन बहुमुखी क्याम्पसले विभिन्न महत्वकांक्षी कार्यक्रमहरु अगाडि बढाउन उप समितिहरु  पनि  गठन गरेको छ । आर्थिक श्रोत तथा व्यवस्थापन उपसमिति, प्रचार प्रसार तथा भर्ना अभियन उप समिति, जग्गा व्यवस्थापन समिति, शैक्षिक योजना तथा व्यवस्थापन उपसमिति, त्रि.वि.समन्वय तथा शैक्षिक संघ संस्था उपसमिति, अतिरिक्त क्रियाकलाप उपसमिति, जन सम्पर्क उपसमिति, गठन गरेको हो । क्याम्पसमा यहि असोज ४ गते बसेकोे सञ्चालक समितिको दोस्रो पूर्ण बैठकले उक्त कुरा पारित गरेको हो ।

हाल रात्री सत्रमा स्नातक तहमा शिक्षा संकाय मात्र संचालन गरिरहेको क्याम्पसले यसै शैक्षिक सत्रबाट रात्री सत्रमै स्नातक तहका व्यवस्थापन तथा मानवीकि संकाय पनि सञ्चान गर्ने बताएको छ ।

सञ्चालक समितिका अध्यक्ष कुमार प्रसाद ओझाको सभापत्विमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको क्याम्पसले जनाएको छ । क्याम्पसको आफ्नै भवन बनाउन सार्वजनिक जग्गाको लागि गाविससँग पहल गर्ने र त्रिविसँग अन्य संकायका लागि सम्बन्धन प्राप्त गर्न दु्रत गतिमा प्रकृया अगाडि बढाएको बताएको छ । त्यसैगरि बैठकले आर्थिक वर्ष ०६९/०७० को आय व्यय विवरण पारित गरेको छ भने प्रत्येक जोर महिनाको पहिलो शुक्रबार नियमित बैठक बस्ने निर्णय पनि गरेको छ ।

तपाइँको प्रतिक्रिया ।