कपनमा नेपाली कांग्रेसको चुनाव केन्द्रित सक्रियता

कपन अनलाइनसंबिधानसभाको चुनावको मिति नजिकिँदै गर्दा कपन नेपाली कांग्रेस निर्वाचन केन्द्रित सक्रियतामा व्यस्त देखिएको छ । गत संबिधानसभा निर्वाचनमा मतदानको हिसाबले तेस्रो भएको नेपाली कांग्रेसले यस निर्वाचनमा सबैभन्दा बढि मतदान गराउन कृयाशील रहेको कपन इकाई सभापति बिनोद चालिसेले कपन अनलाइनलाई बताए । यतिखेर ने का कपन बिभिन्न वडाका टोल टोलमा गएर आफ्ना समर्थकहरुसँग भेटघाट गरिरहेको छ । विशेषगरेर जहाँजहाँ नेपाली कांग्रेस तुलनात्मकरुपमा कमजोर छ त्यहि ठाउँमा केन्द्रित भेटघाट कार्यक्रमलाई जोड दिइएको कपन अध्यक्ष चालिसेले बताए । यस पाला त सबैभन्दा बढि भोट हामीले नै ल्याउनु पर्यो नि ! उनले थपे । पछिल्ला पाँच दिनमा सम्भावित प्रत्यक्षका उम्मेदवार गगन थापा पनि पटकपटक कपन आएको कपन नेका श्रोतले बताएको छ । ‘गगन थापा यो क्षेत्रमा आउने सम्भावनाले कपन उत्साहित देखिएको छ’ विनोद चालिसेले कपन अनलाइनलाई बताए ।

 

यसै क्रममा नेपाली कांग्रेस कपनले कपनमा पहिलो पटक आदिवासी जनजाति संघ कपन इकाई गठन गरेको छ । सानु लामाको संयोजकत्वमा बनेको ११ सदस्यीय समितिको सचिवमा किशोर गुरुङ चयन भएका छन् । कपन गाविस वडा नं. १ को ओस्कार स्कूलमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि भएर केन्द्रिय सदस्य गगन थापा नै आएका थिए । थापाका साथमा कपनमा नै बसोबास गर्ने अर्की केन्द्रिय सदस्य सिता गुरुङ पनि उपस्थित थिइन् । कपनका प्रायः सक्रिय कार्यकर्ताहरुको उपस्थितिमा आयोजित कार्यक्रममा सिता गुरुङले आदिवासी जनजातिका क्षेत्रमा नेपाली कांगेसको प्रभावकारी भूमिकाको चर्चा गरेकी थिइन् ।

ne ka kapankapan ne ka 5kapanne ka 4kapan ne ka 2
प्रमुख अतिथिको हैसियतमा आएका गगन थापाले नेपाली कांग्रेसको इतिहासमा जनजातिको भूमिका र वर्तमानमा पहिचानको कुराको बारेमा सम्बोधन गरेका थिए । उनले जनजातिहरुलाई विगतका शासनमा राम्रो स्थान नदिँदा आज एमाआवादीजस्ता पार्टीहरुले उनीहरुलाई उचालेको बताए । सबै जात, धर्म, संस्कृतिको सम्मान गर्दै कोहीभन्दा कोही कम नहुने पहिचानको आवश्यक्ता रहेको उनले बताए । करिब १५० कार्यकर्ताबीच भएको कार्यक्रमलाई नेपाली कांग्रेसका वरिष्ठ नेता आत्माराम पौडेलले पनि सम्बोधन गरेको थिए ।

(फोटोः रमेश भुसाल

फिलिप्स डिजिटल फोटो स्टुडियो, कपन – ३,

तपाइँको प्रतिक्रिया ।