कपनका सडकमा बाल अधिकार र बालश्रमका प्लेकार्ड बोकेका साना नानीहरू

कपन अनलाइनएकहुल १५ वर्ष मुनीका नानीहरू हातमा बिभिन्न प्लेकार्ड बोकेर सडकमा हिँडेपछि सबैको ध्यान उनीहरूतिर खिचिनु स्वभाविक हो । दशै आउन लागेको बेलाका यी नानीहरू बाल अधिकार हनन गरिनु नहुने भन्ने प्लेकार्डसहित हिँडिरहँदा कपनका कतिपय अभिभावकहरूले ब्यांगको अनुभव पनि गरे होलान् ।

 

DSCI3309 DSCI3300 DSCI3313बालदिवशको अवसर पारेर कपनमा निकालिएको यो साना साना नानीहरूको जुलुसले बालश्रम बिरोधी नारा पनि लगाए । करिब ७० को संख्याका बालबालिकाहरूले कपनको केही ठाउँको परिक्रमा गरेका थिए । बालदिवश विद्यालयहरूले मनाउने गरे  पनि कपनमा यो जुलुशचाहिँ जागरूक युवा क्लबले ब्यबस्थापन गरेको थियो । कपन १ मा रहेको जागरुक युवा क्लबले साना नानीहरूलाई सामाजिक बनाउने अभियानस्वरूप यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सागर कार्कीले बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।