त्रिज्योतिमा निशुल्क आँखा, नाक, कान, घाँटी तथा दाँत उपचार शिविर

कपन अनलाइनकपनको पूरानो तथा चर्चित विद्यालय त्रिज्योति उच्च माविले असोज २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कपन तथा आसपासका क्षेत्रका सर्वसाधरणको स्वास्थ्यको लागि ध्यान राखेर आयोजना गरिन लागिएको शिविरमा मोतियाबिन्दुको अप्रेशनसहित निःशुल्क आँखा जाँच हुने जनाइएको छ । त्यसैगरी शिविरमा नाक, कान, घाँटी एवम् दाँतको पनि निःशुल्क उपचार गरिनेछ ।

 

त्रिज्योति उच्च माविको प्रांगणमा इन्द्रजात्राको सार्वजनिक विदाको अवसर पारेर आयोजना गरिन लागिएको यो शिविर बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।