समाचार विश्लेषणः क्षेत्र नं. ४ ने.का. विवाद, गगन थापा र प्रकाशमानबीचको युद्ध

कपन अनलाइननेपाली कांग्रेसमा चुनावका बेला टिकटको किचलो हुनु नौलो विषय हैन । टिकटको लामो किचलो हुनु तथा बागी उम्मेदवार उठ्नु नेपाली कांग्रेसको इतिहास प्रदत्त स्वभाव हो । त्यही स्वाभाव यतिखेर संबिधानसभाको नाममा देशभर असरल्ल छरिएको छ । हरेक साना ठूला नेता बन्न लालयित कार्यकर्ताहरुलाई चुनावमा उठेर सांसद हुने लोभले ग्रशित नेपाली मानसिकताको उदाहरण बनेको छ यतिखेर नेपाली कांग्रेस । संभावित सांसदको सिफारिसका लागि भएको यो बेमेलयूक्त किचलोले फेरि नेपाली कांग्रेसले आफूले आफैलाई हराउने पुरानो खेलमा समाहित हुने दरिलो छनक पस्केको छ । नेपाली कांग्रसका बारेमा एउटा उक्ति नै कायम छ नेपाली समाजमा – “कांग्रेसलाई अरुले हराउन पर्दैन आफ्नैले हराउँछन् ।”

देशभरजस्तै काठमाडौं नेपाली कांग्रेस पनि उम्मेदवार सिफारिसको बिषयमा तातेको छ । काठमाडौंमा नेपाली कांग्रेसका महामन्त्रि प्रकाशमान सिंह र केन्द्रिय सदस्य गगन थापाबीच कसको बाहुल्यता हुने भन्ने विषयमा पछिल्ला केही वर्षदेखिको चलखेल अहिले पनि देखिएको हो । काठमाडौंमा मेरै राज हुनुपर्छ भन्ने एक सुत्रीय नियम लिएर हिँडेका प्रकाशमान सिंहका कारण काठमाडौं कांग्रेस दिनप्रतिदिन विभाजित तथा अन्यौलग्रस्त बन्दै गएको छ । काठमाडौंमा प्रकाशमान र गगन थापाबीच गएको बाह्रौ अधिवेशनबाटै कसले वर्चश्व राख्ने भन्ने विषयमा शुरु भएको अघोषित युद्ध यसपाला झनै शिखरमा पुगेको हो । बाह्रौ अधिवेशनमा काठमाडौं कांग्रेसका राजा सोच्ने प्रकाशमान सिंह समर्थित उम्मेदवारलाई गगन थापा समर्थित उम्मेदवारले हराएर जिल्ला सभापति भएपछि प्रकाशमान झनै गगन बिरोधी भएका हुन् ।

 

यसपालाको संबिधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा जसरी पनि गगन थापालाई टिकट नदिने मुडमा छन् प्रकाशमान सिंह । क्षेत्र नं. ४ को क्षेत्रीय कमिटिले गगन थापालाई सर्वसम्मत उम्मेदवार बनाएर पठाए पछि प्रकाशमान सिंहले केही व्यक्तिहरुलाई उठाएर गगन थापालाई बदनाम गरिरहेका छन् । पूर्व सभासद् सुप्रभा घिमिरे जो क्षेत्र नं. ४ अत्यन्त आलोचित छिन् उनका साथमा केही अन्य कार्यकर्ताहरु प्रतिमा गौतम, श्रीराम लामिछाने, जानु घिमिरेलाई उचालेर प्रकाशमान सिंहले गगन बिरोधी अभियान छेडेका छन् । क्षेत्र नं. ४ मा गगनले उम्मेदवारी पाउने लगभग निश्चित भए पनि विवादलाई उचालेर सकभर टिकट विमुख बनाउने नभए पनि आलोचित पात्रको रुपमा चिनाउने प्रयत्नमा लागेका छन् यतिखेर सुप्रभा घिमिरे तथा अन्य केही कार्यकर्ताहरु । यो कार्यमा पछाडि बसेर सफोर्ट गरिरहेका छन् प्रकाशमान सिंह । हेर्न बाँकी छ, गगन थापाले प्रकाशमान सिंहको यो तिकडमलाई पन्छ्याउन सक्छन् कि सक्दैनन् ।

तपाइँको प्रतिक्रिया ।