चाँदीको गरगहना सहित एपीएफ टोलीद्वारा तिन जना पक्राउ

कपन अनलाइन
महोत्तरी,फागुन ३
महोत्तरी जिल्लाको सम्सी गाउपालिका ६ बाट एपीएफ टोलीले करीव एकतिस के.जी. चार सय ग्राम तोला चाँदीको गहना, बत्तिस हजार चार सय नेपाली रुपैया र एकाइस हजार तिन सय सत्तरी भारतीय रुपैया सहित तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको सितामढी जिल्ला अलौदी बस्ने अजय साह तथा सोही जिल्लाको भिष्वा वजार बस्ने  विक्की कुमार साह र  राजु साह रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोष्ट सम्सि बाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुइवटा मोटरसाइकल लाइ जाँच गर्ने क्रममा उल्लेखित चाँदीको गरगहना सहित उक्त रुपैया फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।