नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौंमा विष्णु पनेरु
कपन अनलाइन
काठमाडौ,फागुन २
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिती काठमाण्डौको अध्यक्षमा कन्काली माबिका प्र.अ. विष्णु प्रसाद पनेरु निर्वाचित हुनुभएको छ । तिन महिना अघि कार्तिक १८ गते सम्पन्न १२ औ अधिवेसनबाट अध्यक्ष पदको लागी विष्णु प्रसाद पनेरु, यादव प्रसाद पौडेल र विश्वनाथ पोखरेलले आफ्नो उमेद्द्वारी दर्ता गराएका थिए । उक्त समयमा सहमती हुने नसके पछि सहमतिका लागी निर्वाचन मण्डलले घोषणा कार्यक्रम स्थगित गरेको थियो ।
लामो समयको प्रयास पछि अध्यक्षमा सहमती जुटे सङ्गै फागुन १ गते पध्मकन्या स्कुल डिल्लिबजारमा सङ्गठनका राष्ट्रिय अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा घोषणा सभा सम्पन्न भएको हो । घोषणा सभाले अध्यक्षमा विष्णु प्रसाद पनेरु, उपाध्यक्षद्वयमा अमला थापा र राजेन्द्र ज्ञवाली त्यसैगरी सचिवमा दिनबन्धु रेग्मी, कोषाध्यक्षमा मोहनदेव भट्ट, सहसचिवमा मन्जु खड्का, सदस्य डम्बर राई लगायत अन्य नगर तथा महानगर भित्र बाट पर्ने गरि सद्स्यहरु निर्वाचित भएको घोषणा गरेको थियो ।त्यसै गरि केन्द्रीय प्रतिनिधी तर्फ डा. बाबुराम अधिकारी, मधु तिमिल्सिना, यादव पौडेल, विश्वनाथ पोखरेल, सानुमैया खड्का, देबकी पोखरेल र रबिन कुमार तामाङ निर्वाचित भएका छन।
घोषणा सभामा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका सङ्गठनका केन्द्रिय अध्यक्ष बाबुराम थापाले नेतृत्वमा जो कोहि आउन सक्ने तर आएर फरक र हरेक सदस्यले अनुभुत हुने खालको काम गरेर देखाउन सक्ने नै असल नेतृत्वकर्ता बन्ने बताउनुभयो । मनमोहन अधिकारिको नौ महिने सरकारको सासन अहिले पनि मान्छेले सम्झिरहने प्रसङ्ग कोट्याउदै उनको काम गर्ने शैली र जनताका माझ सफल नेतृत्व र निर्णयका कारण उहालाई आम जनताले सम्झिए जस्तै काठमाण्डौमा सङ्गठनका सबै सदस्यले यसरी नै सम्झिरहने काम गर्न निर्वाचित समितिलाई सचेत गराएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै निर्वर्तमान अध्यक्ष यादब प्रसाद पौडेलले अहिले सम्म सङ्गठनले गरेको काम स्मरणयोग्य भएको बताउदै अबको नया नेतृत्वले अझ मजबुद ढङ्गले काम गर्ने विश्वास ब्यक्त गर्नुहुदै सफल कार्यकालको शुभकामना समेत दिए ।
घोषणा सभामा बोल्दै अध्यक्ष विष्णु पनेरुले आफ्ना योजना तथा प्रतिबद्दता प्रस्तुत गरेका थिए । उनले आफु केहि काम गरेर देखाउन कै लागी अध्यक्ष भएको दाबी गर्दै सबै अग्रजहरु र समितीका साथिहरु सङ्ग छलफल तथा समन्वय गरेर निर्णय गर्दै काम गर्ने विश्वास प्रतिबद्दता पेस गरे ।
कार्यक्रममा बोल्दै पनेरुले आफु एक कार्यकाल मात्रै अध्यक्ष बन्ने भन्दै एउटै ब्यक्तिले पद ओगटेर बस्दा अन्य साथिहरुको नेतृत्व क्षमताको बिकास नहुने बताए । नेतृत्व क्षमता बिकास गर्न अन्य साथिहरुलाई नेतृत्व हस्तातरण गर्नकै लागी आफु एक कार्यकाल मात्रै अध्यक्ष बन्ने बताउदै आफ्नो कार्यकालमा काठमाण्डौमा सङ्गठनको लागी सके घर नै ब्यवस्था गर्ने नभए जग्गा मात्रै भए पनि ब्यवस्था गर्ने प्रतिबद्दता ब्यक्त गरे । शिक्षकहरु बिच ग्रेड थपमा अन्याय भएको भन्दै देसमा विध्यमान रहेको राहत शिक्षक समस्या समाधान तर्फ पनि आफु अग्रसर बन्ने बताए ।
कार्यक्रममा निर्वाचित सबैलाई केन्द्रिय अध्यक्ष बाबुराम थापाले अबिर माला लगाई वधाई दिइएको थियो ।