युभेन्टस टोटनह्यामसँग बराबरीमा रोकियो

युभेन्टस टोटनह्यामसँग बराबरीमा रोकियो

कपन अनलाइन

एजेन्सी, २ फागुन । मंगलबार राति भएको च्याम्पियन्स लिगमा टोटनह्यामले युभेन्ट्सलाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको छ ।युभेन्टसको घरेलु मैदानमा भएको पहिलो लिग चरणमा अग्रता पनि युभेन्टसले नै लिएको थियो ।

युभेन्टसका लागि गोन्जाले हिगुइनले खेलको दोस्रो मिनेटमा नै गोल गरेका थिए । खेलको ९ औ मिनेटमा युभेन्ट्सले पेनाल्टी पाएको थियो जसको सदुपयोग गर्दै हिगुइनले दोस्रो गोल गरे । तर, टोटनह्यामका लागि ह्यारी केनले खेलको ३५ औ मिनेटमा गोल फर्काए ।

खेलको ४५ औ मिनेटमा युभेन्ट्सले फेरि पेनाल्टी पायो । यसपटक भने हिगुइन गोल गर्न चुके । तर, दोस्रो हाफमा क्रिस्टियन इरिकसनले बराबरी गोल फर्काए । टोटनह्यामलाई भने अवे गोलको फाइदा भएको । अब टोटनह्यामको घरेलु मैदानमा यी दुई टोली आमनेसामने गर्नेछन् ।

तपाइँको प्रतिक्रिया ।