राष्टिय एचआईभी महासंघले चितवनमा जारी गरेको घोषणापत्र निकै महत्वपूर्ण: संयोजक शिव बैद्य

राष्टिय एचआईभी महासंघले चितवनमा जारी गरेको घोषणापत्र निकै महत्वपूर्ण: संयोजक शिव बैद्य

कपन अनलाइन

काठमाडौं,फागुण २।

जिल्ला समन्वय समिति काठमाडौंका संयोजक शिव बैद्यले राष्टिय एचआईभी महासंघले चितवनमा जारी गरेको घोषणापत्र निकै महत्वपूर्ण रहेको बताएका छन् ।

राष्टिय एचआईभी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै बैधले यो संस्थाले गरेको काम निकै प्रसंशनीय रहेको र वास्तवमा यो काम गर्नुपर्ने दायित्व राज्यको रहेको बताए। संक्रमितहरुको उपचार गर्ने दायित्व राज्यको भएको हुँदा दाताहरुको मात्र भर नपर्ने आग्रह पनि गरे साथै अब हरेक संघसंस्थाले स्थानीय तहसंग सम्पर्क र सघन छलफल गरेर जानुपर्ने र लुकेर बसेका सङ्क्रमितको पहिचानमा जनप्रतिनिधिहरुको निकै महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

जिल्ला महासंघ बनिसकेको हुँदा राष्टिय एचआईभी महासंघलाई ७७ वटै जिल्ला र काठमाडौ भित्र रहेका एक महानगरपालिका र दश नगरपालिकामा आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त पनि उनले गरे साथै बैधले यस्ता मुद्दाहरु लिएर  राष्टिय एचआईभी महासंघ स्थानीय तहका जनप्रतिनिधिहरु संग बसेर छलफल गर्दै नीतिनिर्माणको तहमा सम्म भूमिका खेल्न आग्रह गरे । जिल्ला समन्वय समितिले संघसंस्थाहरुको अनुगमन गर्ने हुँदा जनचेतना जगाउने प्रचार सामग्री बनाउदा स्थानीयहरुले बुझ्ने सरल र नेपाली भाषामा बनाउन अनुरोध पनि  गरे ।

तपाइँको प्रतिक्रिया ।