तेस्रो कागेश्वरी पर्यटन महोत्सवका लागि बाटो मर्मत कार्य तिब्र

तेस्रो कागेश्वरी पर्यटन महोत्सवका लागि बाटो मर्मत कार्य तिब्र

कपन अनलाइन

काठमाडौँ,फाल्गुन १।

काठमाडौं जिल्लाको उत्तर पूर्वी कागेश्वरी मनोहरा नगरपालिकालाइ  पर्यटकीय संभावनाको उजागर गर्दै पर्यटनका माध्यमबाट आर्थिक विकासमा जोड दिने उद्धेश्यले  तेस्रो कागेश्वरी पर्यटन महोत्सव हुँदैछ । त्यसैको  तयारी अनुरुप कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द गजुरेल, शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जका सहायक बन अधिकृत राजु अधिकारी ,  कागेश्वरी महोत्सब मूल आयोजक सहयोग समिति सहित स्थानीयले  महोत्सब आयोजना हुने स्थल र कागेश्वरी महादेव मन्दिर जाने बाटो मर्मत कार्य  सुरु भएको छ ।

आज बिहान स्थानीयको सहयोगमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज भित्र  डोजर लागाएर बाटो मर्मत गरिएको थियो। कागेश्वारी क्षेत्रको पर्यटन प्रवर्धन गर्ने  र उक्त क्षेत्रलाई आर्थिक रूपमा सक्षम बनाउन पनि  तेस्रो कागेश्वोरी महोत्सवको आयोजना गर्न  लागिएको हो ।

कागेश्वरी पर्यटन महोत्सवलाई लक्षित गरी आगामी फागुन ४ गते आँशु  कवी गोष्ठीको साथै तस्बिरमा कागेश्वरी  आयोजना गर्न लागिएको समेत जानकारी दिए  ।कबि गोष्ठी कागेश्वरी मन्दिर मोडबाट प्रभातफेरि सहित सुरु हुने र   कविहरुको र्‍याली बालउद्धार मावि माथि रहेको  राष्ट्रिय लोकतान्त्रिक सहिद उद्यान पार्कको प्रागणमा पुगेर औपचारिक कार्यक्रमका साथ सम्पन्न हुनेछ भने फाल्गुन ७ गते गागलफेदिमै  रहेको लोकतान्त्रिक  सहिद उद्यान,गागलमा तेस्रो कागेश्वरी महोत्सब आयोजना हुँदैछ  ।

तपाइँको प्रतिक्रिया ।