कपन बहुउदेश्यीय सहकारी संस्थाको सिद्धेश्वर महादेव मन्दिरलाई सामाग्री सहयोग

कपन बहुउदेश्यीय सहकारी संस्थाको सिद्धेश्वर महादेव मन्दिरलाई सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौ,फाल्गुन १ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०मिलन चोकमा संचालित कपन बहुउदेश्यीय सहकारी संस्थाले शिवरात्रिको अवसर पारेर सिद्धेश्वोर महादेव मन्दिर संरक्षण समिति समाज अन्तर्गत रहेको क्रियापुत्री भवनको लागि  रु ५० हजार बराबरको समान कार्यसमितिका उद्दब प्रसाद भट्टराईलाइ  हस्तान्तरण गरेको छ ।

आज आयोजित उक्त हस्तान्तरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई  कपन बहुउदेश्यीय सहकारी संस्था का पदाधिकारी, स्थानीय विभिन्न संघ सस्थाका प्रतिनिधि ,सिद्धेश्वोर महादेव मन्दिर संरक्षण समिति समाजका पदाधिकारी लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।कार्यक्रम संचालन गणेश मिश्र ले गरेका थिए।

कार्यक्रममा बोल्दै कपन बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष धर्म सागर ढकालले  स्थानीय यहि बसोबास गर्ने अग्रज ब्यक्तिहरु मिलेर संस्था खोलेको र संस्थालाई ब्यबसायिक रुपमा मात्र नभएर सामाजिक क्रियाकलाप पनि गर्नुपर्छ  भन्दै उनले  समाजमा बसे पछि समाजको बिकासको निम्ति केहि गर्नु पर्छ भन्ने सोचले उक्त कार्यक्रम गरेको बताएका थिए।

उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आज केहि समान सहयोग गर्न पाउदा खुसि लागेको बताएका थिए । उनले स्थानीय दाजु भाइहरुले गरेको कामलाई हौसला प्रदान गर्न र हामी पनि  सामाजिक काममा सहयोग गर्छौ भन्ने उदाहरण सहित सामग्री हस्तान्तरण गरेको बताएका थिए उनले यो सामाजिक काम को सुरुवात भएको र आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।