स्थानीय तहको नीति निर्माण गर्दा ध्यान दिनुपर्ने केहि विषयहरु

स्थानीय तहको नीति निर्माण गर्दा ध्यान दिनुपर्ने केहि विषयहरु

कपन अनलाइन 

काठमाडौ,माघ २९ /पुन्यराज पुडासैनी

नेपालको राजनीतिक इतिहासमा एकात्मक राज्य सत्ता समाप्त भएर संघियतामा प्रवेस गरेको छ ।निकै लामो समयको राजनीतिक क्रान्ति पछाडी नेपाल अहिले एउटा नया युगमा प्रवेस गरेको छ । नेपालमा लामो समय पछी स्थानीय तहको गठन भएको छ जुन सिधै जनता संग जोडिनेछ ।

यस्ता स्थानीय तहको कार्य सम्पादनको अवस्था र त्यसमा ति तहले देखाउने तदारुकता र कार्य शैलीको अवस्थाले जनतालाई दिने सुविधामा असर पार्ने देखिन्छ ।स्थानीय तहले अव आफ्नो तहको भौगोलिक,सांस्कृतिक र आर्थिक अवस्था अनुसारको नीति निर्माण गर्न सके मात्र नेपालको राजनीतिक परिवर्तन संस्थागत हुनेछ ।त्यसका लागि स्थानीय तहले आफ्नो नीति निर्माण गर्दा केहि प्रश्नहरुलाई केन्द्र विन्दुमा राखेर आफ्ना नीति बनाउनु पर्ने देखिन्छ ।

नेपालमा रहेका महानगरपालिका,नगरपालिका र गाउँपालिकाले आफ्ना नीतिहरु बनाउदा केहि प्रश्नहरुलाई केन्द्रमा राखेर गर्दा त्यसले ति स्थानीय तहले प्रवाह गर्ने सेवामा प्रभावकारिता आउने छ भने स्थानीय तहले निर्माण गर्ने नीतिहरुको ग्रहण जनताले गर्ने कुरामा पनि निकै सहजता आउने देखिन्छ ।

प्रत्येक स्थानीय तहले आफ्ना नीति निर्माण गर्दा तल उल्लेख गरिएका प्रश्नहरुलाई केन्द्र राख्नु पर्ने देखिन्छ ।

नीति निर्माण गर्दा ध्यानमा राख्नु पर्ने प्रश्नहरु :

  • स्थानीय तहले जनतलाई स्थानीय तह संचालन प्रक्रियामा कसरी सामेल गराउन सक्दछ ?
  • समुदायहरु कसरी विकास र निर्माण प्रक्रियामा प्रभावकारी रुपमा सहभागी हुन् सक्दछन ?
  • स्थानीय तहलाई कसरि जनता प्रति जवाफदेही बनाउन सकिन्छ ?
  • स्थानीय तहमा हुने भ्रस्टाचार र बेतिथी अन्त्य गर्ने संयन्त्र कसरि निर्माण गर्न सकिन्छ ?
  • स्थानीय तहमा हुने कार्य विभाजन र कार्य सम्पादनको विधि कस्तो हुन्छ ?
  • स्थानीय गैर सरकारी संस्था ,समुदायमा आधारित संस्था र अन्य क्षेत्रको सहभागिता र भूमिका कस्तो हुन्छ ?
  • रास्ट्रिय र प्रदेस सरकारले स्थानीय तहको संचालनमा कसरि सहयोग गर्न सकिन्छ ?
  • स्थानीय तहले आफ्ना गतिविधि र सेवा का वारेमा आम जनतालाई जानकारी प्रदान गर्नका लागि कस्तो सुचना संयन्त्र निर्माण गर्नु पर्दछ ?
  • दैवी प्रकोप व्यवस्थापन र राहत वितरण को संरचना र विधि कस्तो हुनेछ ?
  • स्थानीय तहको भवन निर्माण मापदण्ड र विधि कस्तो हुनेछ ?
  • आर्थिक सहयोग र परिचालनको नीति कस्तो हुनेछ ?
  • स्थानीय श्रोत को पहिचान र परिचालन नीति कस्तो हुनेछ ?
  • स्थानीय जनताको स्थानीय तहको गतिविधिमा सहभागी गराउनका लागि कस्तो विधिको अंगिकार गरिन्छ ?

स्थानीय तहले आफ्ना नीति निर्माण गर्दा ध्यान दिनु पर्ने केहि महत्वपूर्ण बुदाहरु :

  • स्थानीय तहले स्थानीय स्तरमा रहेको प्रजातन्त्र बलियो बनाउन सक्रिय जन सहभागिता हुने वातावरणको निर्माण गर्ने कानुनी र नैतिक आधार तयार गर्नु पर्दछ ।
  • स्थानीय तहले आफ्ना प्राथमिकता र कामका सुची तयार गर्नु पर्दछ ।
  • स्थानीय तहले निजि तथा अन्य समुदायमा आधारित संघ संस्था संग गर्ने सहकार्यको विधि तयार गर्नु पर्दछ ।
  • स्थानीय तह हरुले जनतालाई प्रदान गर्ने आधारभूत सेवा जस्तै पानी ,बिजुली ,फोहोर मैला व्यवस्थापन जस्ता कुराहरुको सुनिस्चितता हुनु पर्दछ ।
  • स्थानीय तहले आफ्नो आर्थिक नीति र कर संकलनको नियम सघन अध्ययन गरेर तय गर्नु पर्दछ ।

प्रत्येक स्थानीय तहले आफ्ना नीति निर्माण गर्दा व्यापक बहस छलफल र सरोकारवाला निकायको सहभागितामा निर्माण गर्नु पर्दछ ।यसरी नीति निर्माण गर्दा स्थानीय तहको बिशेषतालाई ख्याल राखेर चरणवद्ध प्रकिया पुरा गरेर मात्र गर्नु पर्दछ जसले गर्दा आम जनताको सहभागिताले नीतिहरुको स्वीकार्यता बढाउने देखिन्छ ।

अहिले नेपालको सन्दर्भमा धेरै स्थानीय तहले जनशक्ति र विधिको ज्ञानको अभावमा काम चलाउ नीतिहरु निर्माण गर्ने सम्भावना देखिन्छ जसले आगामी दिनमा स्थानीय तहको कार्य संचालनमा नकारात्मक असर पार्ने देखिन्छ ।त्यस्तैले स्थनीय तहको नीति निर्माण गर्दा गहिरो अध्ययन गर्नु पर्ने देखिन्छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।