“नलेखिएको सम्बन्ध” उपन्यास – भाग ३

“नलेखिएको सम्बन्ध” उपन्यास – भाग ३

कपन अनलाइन

काठमाडौँ, माघ २७

घरमा कोई उठेको थिएन । घडीले  बिहानको ५ बजेर ३३ मिनेट देखाईसकेको थियो । म भने कोदालो र प्लास्टिक बोकेर  मेला तिर लागे  । आदि घन्टा जस्तो हिडे पछी  बल्ल भैरे काका को खेत आईपुग्यो । खेत पुग्दा सुभाष भाई पनि रैछ र अरु चार जना गरी हामी छ जना खेताला भयौ । कृष्ण दाई, तपाई पो आउनु भएको ,सक्नु हुन्छ खेत खन्न ? सुभाष भाई ले सोध्न थाल्यो । नसकेर के गर्नु भाई अब सक्नै पर्छ नि होइन र अनि खोई काका आउनु भएन र ? मैले सोधे । चिया,खाजा लिएरमात्र आउछु भन्दै हुनुहुन्थ्यो  ; सुभाषले जवाफ फर्कायो ।

ए; मैले भने । हिजो पानिमा रुझेर होकी  टाउको दुखिराको थियो । फेरी सम्झनाको चिठ्ठी कसरी पो मन मान्थ्यो  र नपढीरहन । ल शुरू गरे है खेत खन्न भन्दै सुभाष भाई खेत खन्दै करायो । लगत्तै खेत खन्न शुरू गर्यौ हामीले  पनि । आईया……… सुभाष भाई दौडेर आउपुग्यो । के भयो दाई ? भन्दै सुभासभाई ले अत्तालिदै सोध्यो । हेर न खुट्टा  काट्यो भाई; रगत आको ठाउँमा हातले छोप्दै मैले भने । सुभाष भाई ले आफुले बानिराको पोटुका सानो छेउ  च्यातेर मेरो घाऊ भएनिर बान्दियो । म एक छिन बसे पनि । पर खेतको गह्राको  बाटो हुदै संध्या आईराको देखे । ओई संध्या कहाँ गएर आएकी ? घाऊ बाट आएको रगत पुछ्दै मैले भने ।

हाम्रो नि आज रोपाई हो कृष्ण त्यसैले बिऊ काट्नेहरुलाई खाजा पुर्याएर आको नि, अनि आज तिमी खेत खन्न आको ? फेरी के भो खुट्टामा  ? संध्या आलिमा उभिदै बोल्न थालिन । हो ! दाईलाई संचो छैन त्यसैले म आएको । कोदाली हुत्तिएर अलिकती घाऊ भयो हेर न फेरी बानी पनि छैन खेत खनेर हिड्ने  । संध्या म आउन ढीला होला घरमा छाता लिएर जाउ ल; पसिना पुछ्दै मैले भने । हुन्छ कृष्ण आफ्नो ख्याल गर ल आँखा पनि रातो रातो देख्छु तिम्रो । उ भैरे काका पनि आउदै हुनुहुदो रैछ खाजा बोकेर ल म गाको है फेरी अफिस जान ढीला हुन्छ मलाई नि बाई; भन्दै संध्या गईन ।

ए भाईहो एकछिन काम रोकेर चिया,खाजा खान आओ भन्दै भैरे काकाले परै बाट बोलाउनु भयो । हामि सबै काम रोकेर चिया खान तिर लाग्यौ । कान्छा तिमी पो आको खेत खन्न दाई आउन सकेन र ? काकाले सोध्नु भयो । दाईलाई संचो छैन काका; मैले भने । खै तिमिहरूको घरको चालामाला म केही बुझ्नै सक्दिन भन्दै काकाले चिया हाल्नु भयो गिलासमा ।

अनि कान्छा आमालाई कस्तो छ बिरामी भनेर सुनेको थिए; काकाले सोध्नु भयो । उस्तै हो काका औषधी लिराख्नु भाको छ आमाले ; मैले भने । ए… आमालाई राम्रोसँग ख्याल गर है कान्छा, तिम्रो बा बिते देखि आमालाई सधै रोगिको रोगिमात्र देखिरहेको छु भन्दै काकाले चिया खानेलाई चिया कोईलाई रक्सी,पफ, बिस्कुट, आलु, चना तरकारी दिनु भयो । सुभाष भाई ले नि रक्सी खाको देखेर मैले नि काकासँग आदि गिलास जति रक्सी मागेर खाए अघिको कोदालीले लागेको घाउ दुखेको कम गर्न र मनमा लागेको चोट मेटाउन । क्रमश………(“नलेखिएको सम्बन्ध” उपन्यास गोकर्णेश्वर नगरपालिका  वडा नं ४ निवासी कृष्ण श्रेष्ठले पठाउनु भएको हो ।हाल उहा मलेसियामा कार्यरत हुनुहुन्छ )

 

तपाइँको प्रतिक्रिया ।