इस्टपोल मा.वी.को २३ औं स्थापना दिवस सम्पन्न

इस्टपोल मा.वी.को २३ औं स्थापना दिवस सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ १७ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको इस्ट पोल माविले आफ्नो स्थापना कालको २३ वर्ष पुगेको अवसरमा २३ औ स्थापना दिवस मनाएको छ।

२०५१ साल माघ १६ गते शहीद दिवसको दिन स्थापना भएको इस्ट पोल माविले बिद्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ रहेका थिए ।

बिशेष अतिथिमा प्रदेश सभा १ का प्रदेशसभा सदस्य  माननीय छिरिंग दोर्जे लामा त्यस्तै गरि  प्रदेश सभा ख का प्रदेशसभा सदस्य माननीय रामेश्वर फुयाल  रहेका थिए भने अतिथिहरुमा प्याब्सन उपमहसचिब कुमार घिमिरे ,लायन्स क्लब अफ मनहराका प्रेसिडेन्ट श्याम प्रसाद रुपाखेती, समाज सेबी पुण्यप्रसाद चौलागाई ,कास्कुन अध्यक्ष  केशब प्रसाद दंगाल, इसानका अध्यक्ष बालमुकुन्द कार्की, कलाकार घनश्याम गौतम, गोपाल ढकाल, सुरेश तिमिल्सिना लगायत बिभिन्न बिद्यालयका प्रिन्सिपल सहित अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो  ।

 

कार्यक्रमको  सभाध्यक्षता इस्ट पोल माविका संस्थापक अध्यक्ष इश्वर सापकोटाले गरेका थिए भने कार्यक्रम संचालन  इस्ट पोल माविका भाइस प्रिन्सिपल प्रकाश अधिकारीले गरेका थिए । केक काटी बेलुन उडाएर, पानसमा दिप प्रज्ज्वलन गरी  कार्यक्रम सुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइले देशले खोजेको व्यवहार प्रयोगी, गुणस्तरीय एवम सृजनात्मक शिक्षा प्रदान गर्न यस विद्यालय सफल भएको र सवैले आफनो आफनो ठाउवाट त्यस्तै योगदान दिनु पर्ने जनाउदै विद्यालयको सफलताको कामना ब्यक्त गरेका थिए ।सोहि  कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य रामेश्वर फुयालले श्रमको सम्मान गर्ने र छोरा छोरी वरावार हुने किसिमको शिक्षा वर्तमानको  आवश्यकता  रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा प्याब्सनका उपमहसचिब कुमार घिमिरे ,  पि टि ए  का अध्यक्ष  रबिन नेपाली र अभिभावकको तर्फ बाट इ.आर  सुशील कुमार श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए।

उक्त कार्यक्रममा दश वर्ष सेवा अवधि पुरा गर्ने शिक्षक कर्मचारीलाई र पुराना घरबेटीहरुलाई पनि सम्मान गरिएको थियो। उक्त कार्यक्रममा  बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बिचमा एकताको संदेश दिनुको साथै बिद्यार्थीहरुले विभिन्न सामग्री प्रयोग गरि बनाएका बिज्ञानका शैक्षिक सामाग्रीहरुको  प्रदर्शनी समेत गरिएको  थियो । सोहि कार्यक्रममा कलाकार घनश्याम गौतम, गोपाल ढकाल, सुरेश तिमिल्सिनाले प्रहसन मार्फत मनोरंजन प्रदान गरेका थिए  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।