रुद्रेश्वर नेपाल सोतोकान करांते डो संघको खुल्ला रास्ट्रीय करांते प्रतियोगिता २०७४ रेफ्री सेमिनार सम्पन्न

रुद्रेश्वर नेपाल सोतोकान करांते डो संघको खुल्ला रास्ट्रीय करांते प्रतियोगिता २०७४ रेफ्री सेमिनार सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ १७।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ रुद्रेश्वर चोकमा रहेको नेपाल सोतोकान करांते  डो संघ ( SKDUN)ले खुल्ला रास्ट्रीय करांते प्रतियोगिता २०७४ को रेफ्री सेमिनार सम्पन्न गरेको छ। खेलको नियम पालना अनुशासन बारे छलफल गर्ने उदेश्य सहित उक्त कार्यक्रम आयोजना भएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट समानुपातिक सांसद न्हुच्छे नारायण श्रेष्ठ रहेका थिए। त्यस्तैगरि  बिशेष अतिथिमा करांते महासंघ नेपालका निवस गोपाल बैद्य  रहेका थिए  अतिथिमा सानु श्रेष्ठ लगायत अन्य खेलप्रेमी तथा खेलाडी रेफ्रीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता नेपाल सोतोकन करांते डो संघका केन्द्रीय उपाध्यक्ष नारायण खडका रहेका थिए । उक्त कार्यक्रम संचालन बद्रि बहादुर महतले गरेका थिए।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट समानुपातिक सांसद न्हुच्छे नारायण श्रेष्ठले आफु खेल प्रेमी भएको र खेल जगतको बिकासमा आफुले सक्ने ठाउ बाट पहल गर्ने बताएका थिए ।

उनले खेलले स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्ने भन्दै आगामी दिनमा खेल जगतमा सहयोग गर्दै  अन्य खेल कार्यक्रममा सहयोग गर्ने बताएका थिए।  उनले खेलको माध्यम बाट विश्वले चिन्ने भन्दै खेलाडी उत्पादनमा यस्ता कार्यक्रम प्रतियोगिता गरिरहनु पर्ने बताउदै प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए। उनले प्रतियोगितामा आवशयक पर्ने सामग्री रेफ्रीलाई हस्तान्तरण गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।