ढोरपाटन महिला भलिवल च्यामपियनशिपमा ससस्त्र प्रहरी क्लब बिजयी

ढोरपाटन महिला भलिवल च्यामपियनशिपमा ससस्त्र प्रहरी क्लब बिजयी

कपन अनलाइन

काठमाडौं,माघ १७ ।

१३ औ ढोरपाटन महिला भलिवल च्यामपियनशिप अन्तर्गत आज भएको नेपाल पुलिस क्लब र ससस्त्र प्रहरी बल क्लब बीचको खेल ससस्त्र प्रहरी क्लबले ३-० को सोझो सेटमा जितेको छ  ।

प्रतियोगिता  माघ ४ गते बाट १९ गते सम्म नया बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा संचालन भैरहेको छ  ।

उक्त प्रतियोगिताको डबल लीग अन्तर्गत दोस्रो चरणको लीग सुरु भएको छ । उक्त  दोस्रो चरणमा ७ टिम बाकी रहेका छन्। जसमा विभागीय टोली  त्रिभुवन  आर्मी क्लब , नेपाल  पुलिस क्लब ,सशस्त्र प्रहरीको एपीएफ  न्यू डायमंड एकेडेमी काठमाँडौ, टप्स उच्च माबी पोखरा, श्रीगाऊँ खेलकूद बिकास समिति दाङ र  मेघौली स्पोर्ट्स चितवन रहेका छन ।

फोटो : सौजन्य : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।