अरुणिमा शैक्षिक प्रतिष्ठान बौद्धको ३३ औ स्थापना दिवस एवंम अरुणिमा स्मरिका विमोचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ १६ ।
कामपा वडा नं ६ स्थित अरुणिमा शैक्षिक प्रतिष्ठान बौद्धले आफ्नो ३३ औं स्थापना दिवस एवम अरुणिमा स्मरिका विमोचन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको प्रांगणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चैतन्य मिश्र रहेका थिए भने बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइ, प्रतिनिधि सभा सदस्य माननीय शेरबहादुर तामांग, प्रदेश सभा सदस्य माननीय रामेश्वर फुयाल, प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा र प्रदेश सभा सदस्य माननीय उषाकला राई रहेका थिए ।
अरुणिमा शैक्षिक प्रतिष्ठानका सल्लाहकारहरु,शैक्षिक प्रतिष्ठानका संचालक समितिका सदस्यहरु,शैक्षिक प्रतिष्ठानका गुठियारहरु लगायत समाजका प्रतिष्ठित व्यक्तिहरु र अभिभावक, बिधार्थीहरुको कार्यक्रममा उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.चैतन्य मिश्रले राज्यले दिने शिक्षा नीति विभेद पूर्ण भएको हुँदा एकै किसिमको शिक्षानीति ल्याई संख्यात्मक भन्दा गुणात्मक बनाउनु पर्नेमा जोड दिए । साथै विद्यार्थी र शिक्षकहरू अनुशासन, लगनशीलता र समर्पणमा केन्द्रित भएमा शैक्षिक उपलब्धि हासिल हुन सक्ने बताएका थिए ।
सोहि कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइले सामाजिक रुपान्तरण देखी शिक्षा क्षेत्रको बिकास अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा बालबाललिकालाई प्रोहत्सान मिल्ने वातावरण सिजृना अरुणिमा शैक्षिक प्रतिष्ठानले गरेको बताउदै आफ्नो क्षेत्र भित्र यो स्कुल परेको हुँदा आफु सहयोगका लागी सधै तयार रहेको बताएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका संस्थापक अध्क्षय बुद्धि बहादुर थापाले अरुणिमा शैक्षिक प्रतिष्ठानले सधै गुणस्तरीय शिक्षामा जोड दिएको बताएका थिए।
कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भएका कृष्ण राइ,शेरबहादुर तामांग, रामेश्वर फुयाल,छिरिंग दोर्जे लामा र उषाकला राईलाइ विद्यालयले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो भने कार्यक्रममा जेष्ठ नागरिक १०१ वर्षीय सान्नानी दाहाल, स्रस्टा तथा सामाजिक ब्यक्तित्व बरिष्ठ तबला बाधक तथा संगीतकार सरिता मिश्र, समाजसेवी रामहरी रिजाल, शिक्षक तथा कर्मचारी पार्वती राउत, नगेन्द्र भट्टराई, सुवाश शाक्य, कान्छी पुजारी, राष्टिय योग खेलकुद प्रतियोगिता विजेता र योग गुरुहरु शम्भु बडाल, रामचन्द्र सापकोटा, प्रविण श्रेष्ठ, प्रस्टवि शर्मा, रिन्जु लोप्चन, आङ छिरिंग लामा र दिक्षा श्रेष्ठलाई सम्मान गरिएको थियो।
विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बिचमा एकताको संदेश दिएको थियो साथै अरुणिमा एल्मुनाई एसोसिएसन बिद्यार्थीहरुले रक्तदान कार्यक्रम समेत आयोजना गरेको र रक्तदान कार्यक्रममा ४० भन्दा बढीले रक्तदान गरेका अरुणिमा एल्मुनाई एसोसिएसनका अध्क्षय जितेन्द्र श्रेष्ठले बताए ।
कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्क्षय भिमानन्द ढुंगाना, अभिभावक-शिक्षक संघ अरुणिमा माबी, नव अरुणिमा, अरुणिमा शिशु सदन माबीका अध्क्षयहरु, सम्मानित ब्यक्तित्वहरुले आफ्ना भनाईहरु राखेका थिए भने अरुणिमा माबीका प्रिन्सिपल इश्वरीप्रसाद लामिछानेले अरुणिमा शैक्षिक प्रतिष्ठानले हालसम्म गरेका बिबिध कार्यक्रमको बारेमा जानकारी गराएका थिए। कार्यक्रम संचालन बिद्यालयका शिक्षिका शान्ति रिसाल, बिद्यार्थीहरु प्रशंसा सिटौला र राजेश्वरी मल्लले गरेका थिए।