लायन्स क्लव अफ काठमाडौं कालिकाले नया क्लवका सदस्यहरुलाई प्रशिक्षण दियो

लायन्स क्लव अफ काठमाडौं कालिकाले नया क्लवका सदस्यहरुलाई प्रशिक्षण दियो

कपन अनलाइन

काठमाडौ,माघ १७।

लायन्स क्लव इन्टर नेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लव अफ काठमाडौं कालिकाको प्रायोजनमा स्थापना हुन् लागेका लायन्स क्लव अफ काठमाडौं भद्रकाली र न्यु बिहानी क्लवका सदस्यहरुलाई लायनवाद सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।

लायन्स क्लव इन्टर नेसनल डिस्ट्रिक ३२५ ए १ प्रथम भाइस डिस्ट्रिक गभर्नर अनन्त भेटवालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नव प्रवेसी सदस्य हरुलाई लायनवादका विविध पक्ष र सदस्यले खेल्नु पर्ने भूमिका र विविध पक्षहरुको वारेमा जानकारी गराइएको थियो।

सन् १९१७ मा अमेरिकाको सिकागो सहरमा मेल्भिन जोन्सले स्थापना गरेको लायन्स क्लवले विस्वका विभिन्न देशमा समाज सेवा र मानवीय सेवाका विभिन्न कार्यक्रम गर्दै आएको छ ।नेपालमा पनि पछिल्लो समय लायन क्लव स्थापना गर्ने क्रम  द्रुत गतिमा बढिरहेको छ ।

फोटो सौजन्य :नविन चौलागाईं

तपाइँको प्रतिक्रिया ।