सहिदको रगतले पोतिएको राजनीतिक उपलव्धि संस्थागत हुनु पर्दछ : कृष्ण राई

सहिदको रगतले पोतिएको राजनीतिक उपलव्धि संस्थागत हुनु पर्दछ : कृष्ण राई

कपन अनलाइन

काठमाडौँ, माघ १६ ।

शहीद दिवस २०७४ को अवसरमा आज  गोकर्णेश्वर नगरपालिका वडा नं ९ जगडोलमा रहेको  राष्ट्रिय शहिद तथा शान्ति पार्क (स्मारक) मा आयोजित कार्यक्रमका विशेष अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा  बाट बिजयी भएका  प्रतिनिधि सभा सांसद कृष्ण राइले ज्ञात अज्ञात सहिदलाइ श्रद्दान्जली ब्यक्त गर्दै मुलुकलाई हरेक हिसाबले सम्वृद्धि बनाउन आफ्नो ज्यानको आहुति दिन तयार हुने अमर सहिदहरुलाई सम्मान व्यक्त गरेका छन।सहिदको रगतले पोतिएको राजनीतिक उपलव्धि संस्थागत हुनु पर्दछ भन्दै त्यो बाटोमा हिड्नु पर्ने बताएका छन।

उनले  त्यो अमुल्य काम गर्नको लागि तयार भएका मान्छेहरु जो आज शहिद हुनुभएको छ र आज गोलि खान बचेका मान्छेहरु हामी साच्चै शहीद हुन बाट जोगिएको बताए। उनले कतिपय मान्छेहरु जिउदा शहिदको रुपमा बाचिरहेका छन् भन्दै कतिपय शहिदका परिवारका सदस्यका नाममा बाचिरहेको बताएका थिए । तर आज सच्चिकै मुल्यांकन गर्नु पर्ने बेला आएको भन्दै उनले हाम्रा बाजेहरूले मुलुक परिबर्तन गर्न लागिआफुलाई शहिद बनाउन तम्तयार गराएको बताएका थिए।

उनेल २००७ सालको क्रान्ति सम्पन्न गर्नु भयो। तर त्यो क्रान्ति सम्पन्न भए पछि पनि हामीले हाम्रो मुलुकलाई त्यी शहीदहरुले सोचेको ठाउमा पुर्याउन सकेनौ भन्दै उनेल त्यसपछाडी फेरी मुलुकमा जहानिया राणाशासन त खत्तम गर्यौ तर त्यो जस्तै  नभए पनि त्यस्तै अर्को शासन् भोग्न बाध्य भएको जसलाई पंचायत को नाम दिएको  बताएका थिए।

उनले  त्यसलाई पनि हटाउन हाम्रा बा हरुले २०४६ सालको अर्को क्रान्ति सम्पन्न गरेको बताएका थिए ।उनले त्यति खेर पनि आफुहरु बा हरुको चोर औलाहरु समातेर आन्दोलनमा लागेको बताएका थिए। उनले २०४६ सालको आन्दोलनको सफलता पछि पनि २०६२ /६३ सालको आन्दोलन पछि मुलुक परिस्थिति निर्माण गर्न  त सकेका छौ आज मुलुकलाई परिबर्तन गर्ने सन्धर्भमा अतिनै महत्वपूर्ण एतिहासिक क्षणमा उभिएको बताएका थिए।

उनले आज यो एउटा महत्वपूर्ण सवालमा एतिहासिक थलोमा उभिरहेको बताएका थिए  उनले कबि  भूपी शेरचनले भने जस्तै “हे मरेर जाने शहीदहरु हो बाँचेर त हेर यहाँ जिउन कति ग्राहो छ” सच्चाई भूपी सेरचनले भने जस्तै हामीले ठण्डा दिमाखले सोच्नु पर्ने बेला आएको बताएका थिए ।उनले इतिहास निर्माण कर्ताहरुको एतिहासिक पृष्ठभूमि हेर्दा खेरि हामीले धेरै कुरा पढ़छौ मात्रै त्यसको ब्यबहारमा उतार्न नसकेको बताएका थिए ।

उनले धेरै कानुनहरु जसलाई समयमानै हामीले ब्यबस्थापन गर्न नसक्दा त्यी कानुनहरुका बाधा अड्कन हरुले गर्दा शहीद पार्कलाई समयमै सम्पन्न गर्न नसकेको बताएका थिए।

उनले अब सबैजना मिलेर छिट्टै समयमै बैज्ञानिक हिसाबले परिभाषित गर्न सक्ने गरि निर्माण कार्यलाई सम्पन्न गराउनु पर्ने बताएका थिए। उनले सामजिक हिसाबले यसलाई रुपान्तरण गर्न सांस्कृतिक हिसाबले फेरी मुलुकलाई अग्रगामी दिसामा अगाडी  बढाउन हामी सबैले आफ्नो आफ्नो ठाउँ बाट केहि योगदान गर्नु पर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।