बालकुमारी १२ बर्षमा, बृहत रक्तदान र वृक्षारोपण कार्यक्रम गर्दै

कपन अनलाइनकपनको पूरानो र सक्रिय टोलसुधार समितिकोरुपमा चिनिने बालकुमार टोलसुधार समिति स्थापना भएको १२ वर्ष पुगेको छ । कपन गाविसको वडा नं. १ तल्लो फैकामा क्रियाशील यो टोलसुधार समितिले यस क्षेत्रका ३०७ घरलाई आफ्नो समितिभित्र समेटेको छ । टोलको विकास निर्माणलाई सहज र प्रकृयागत बनाउन निर्माण भएका कपनमा थुप्रै टोलसुधार समितिमध्ये बालकुमारी टोल सुधार समिति नियमित सक्रिय तथा उर्जाशील मानिन्छ ।

 

6x3ft Blood copy१२ वर्ष पुग्न लागेको अवसर पारेर भाद्र १५ गते शनिवार बालकुमारी टोलसुधार समितिले जोरधारा क्षेत्रमा महत्वपूर्ण जातका ५० वटा वृक्षारोपण गर्ने भएको छ । त्यसैगरी सोही दिन वृहत रक्तदान कार्यक्रमको आयोजना पनि समितिले गर्न लागेको छ । स्थानीय समाजको आवाजलगायतका संस्थासँग मिलेर आयोजना गर्न लागिएको रक्तदान कार्यक्रम भने घटराज भट्टराईको शालिकसँगैको खाली जग्गाको गरिने भएको छ । सामाजिक महत्वको यी दुवै कार्यक्रममा कपनवासी सबैको सकृय सहयोगको अपेक्षा राखिएको समितिले जनाएको छ ।

 

कसजुसंस्थाको वार्षिकोत्सव चाहिँ भाद्र १६ गते हो । यो दिनमा टोलका सबै सदस्यलाई बोलाएर चियापानको कार्यक्रम राख्न लागेको छ । यही वर्ष समितिको साधारणसभा पनि रहेको छ । साधाराणसभाचाहिँ असोज महिनामा गर्ने निर्णय गरिएको छ ।

 

4x2ft plantation copyकपनको यो क्षेत्रलाई नमूना क्षेत्रको रुपमा विकास गर्न विभिन्न परिकल्पनामा जुटेको बालकुमारी टोल सुधार समितिलाई कुमार कसजु श्रेष्ठले पछिल्लो २ वर्षदेखि नेतृत्व गरिरहेका छन् । त्यसो त कुमार कसजु श्रेष्ठ बालकुमारी टोलसुधार समितिको स्थापनाकाल देखि नै यो संस्थाको विभिन्न पदमा रहेर नियमति काम गरिरहेका व्यक्ति हुन् । विकासवादी र केही गरुँ भन्ने उनको सोचाईलाई यतिखेर मञ्जु खतिवडा, खरिलाल पौडेल, अरुण नेपाल, सरोज धिताललगायतका केही पाका र केही युवा जोशले साथ दिइरहेका छन् । उल्लेखित नामहरु क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षको रुपमा बालकुमारी टोल सुधार समितिमा सक्रिय छन् । पदाधिकारीमात्र हैन अहिले त सदस्यहरु झनै सामाजिक र कामप्रति प्रतिबद्ध छन् कुमार कसजुले भने । यति सक्रिय र कामप्रति जवाफदेही सदस्यहरु यो १२ वर्षमा यही कार्यकालमा पाएको छु, कुमारले थपे । उनलाई हातमा हात गर्दै समाजमा सुविधा दिन हिँड्ने सदस्यहरुमा सुवास सापकोटा, द्वारिकाप्रसाद कोइराला, चक्रबहादुर गुरुङ, अर्जुन राउत र गोपाल पोखरेल छन् ।
नियमित आम्दानी नहुनुको मारमा टोलसुधार समितिहरु पर्ने गर्छन् । ३०७ घरधुरीको टोलसुधार समितिसँग बैंक मौज्दात १० हजार पनि हुने गर्दैन । कुमार कसजु थप्छन् गाविसले पछिल्लो २ वर्षदेखि एक पैसा यो टोलसुधार समितिको क्षेत्रमा दिएको छैन । केही विकास निर्माणको काम गर्नु पर्यो भने उपभोक्तासँग नै पैसा उठाउन जानु पर्ने बाध्यता छ ।

३०७ घरबाट वार्षिक ३० हजार ७ सय रुपैंया नविकरण वापत आउने रकम नै यस संस्थाको नियमित आम्दानी स्रोत हो । त्यसमा पनि १५ हजार त टोलसुधार समितिको कार्यालय खर्चमा नै सकिन्छ कोषाध्यक्ष सरोज धितालले भने । दुईवर्ष अघि कोषाध्यक्ष हुँदा संस्था घाटामा थियो । नयाँ कार्यसमिति आउन वित्तिकै खल्तिबाट पैसा हालेर काम सुरु गर्नु परेको कुरा सम्झिन्छन् सरोज ।

6x3ft chiya pan copyआम्दानी नहुनु र संस्थासँग बचत नहुनुले कतिपय अवस्थामा सोचेका काम गर्न पनि असहज हुने गरेको अनुभव सुनाए सचिव खरिलाल पौडेलले । गाविसले टोलसुधार समितिलाई हेर्ने दृष्टिकोण नराम्रो भएकोले गारो परेको उनको भनाई थियो ।

अभावका बीचमा पनि महत्वपूर्ण सोचाई र लक्ष्यका साथका साथ अगाडि बढेको छ बालकुमारी टोलसुधार समिति । सरसफाई, वातावरण र साँघुरा सडक एवम् सुरक्षालाई अब सम्बोधन गर्न नसके टोल सुधार समिति हुनुको अर्थ रहँदैन अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन् । यसका लागि जनचेतनामूलक कार्यक्रम लगायत केही प्रभावकारी कार्यक्रम लागु गर्ने तयारीमा रहेको उनले बताए ।

तपाइँको प्रतिक्रिया ।