बगलामुखी मार्गको नवनिर्मित बाटो बन्द

कपन अनलाइनकपन २ स्थित सगरमाथा चोकबाट कपन गाविसतिर जाने बगलामुखी मार्गमा यतिखेर गाडी नचल्ने अवस्थामा पुगेकोे छ । गाविस, जिविस तथा सडक विभाग मिलेर बाटो बनाएको एक महिना नबित्तै बिभिन्न ठाउँमा पिच बिग्रिएको समाचार कपन अनलाइनले करिब २५ दिन अघि प्रकाशित गरेको थियो । कपन अनलाइनमा यो बाटो बिग्रियो भनेर समाचार लेख्दा सानो आकारको यो खाल्डो अहिले वृहत बनेर गाडि चल्न नसक्ने बनिसकेको छ । खोल्डोभित्र पाइपसमेत भाँच्चिसकेको अवस्थमा पनि यो बाटो निर्माण समिति चिरनिन्द्रामा रहेको देखिन्छ । महत्वपूर्ण कुरा के छ भने जुन ठाउँमा यो खाल्डो परेको छ त्यहि ठाउँमा निर्माण कमिटिका सचिवको निवास रहेको छ ।
मध्य वर्षाको पूर्वसन्ध्यामा गरिएको पिचको गुणस्तर दिनप्रतिदिन झनै विग्रिएको अवस्थामा पुगेको छ । निर्माण समितिले बाटो बिग्रनुको कारण जे जस्तो खोजिरहे पनि प्राविधिक रुपमा अत्यन्त कमजोर काम भएकै कारणले बाटो बिग्रिएको कुरा निर्माण समिति पनि नकार्न सक्ने अवस्थामा छैन । मिठाराम अधिकारी अध्यक्ष रहेको राममन्दिर खानेपानी समितिले पानीको पाइप विछ्याएको ठाउँमा बाटो धसेको मात्र हैन अन्य अधिकांश ठाउँमा पिच उप्किएको पनि छ ।

 

यसरी बाटो बिग्रिएको बारेमा गाउँका मानिस भने हतारमा काम गर्दा यस्तो हुन गएको. बताउँछन् । राममन्दिर खानेपानीको पाइप विछ्याएको ५ दिनपछि पिच गरिएकाले त्यो ठाउँमा माटो सेट हुनै पाएको थिएन एक उपभोक्ताले आफ्नो नाम उल्लेख नगर्न खोज्दै कपन अनलाइनलाई बताए । उनी भन्छन् – पिच गर्नु पूर्व खानेपानी वा ढलका पाइप हालिनु त मूख्य काम नै हो तर त्यस्ता काम गरेको कति दिनपछि पिच गरिनुपर्छ वा कति दिन गर्नु हुन्न भन्ने कुरा त निर्माण समिति तथा ठेकेदारले सोच्नु पर्यो नि ।

बाटो निर्माण समितिका तर्फबाट सचिव डिल्लि न्यौपानेले यो बाटो जस्ताको तस्तै बनाएर छाडिने बताएको करिब २५ दिनपछि सानो खाल्डो अहिले बाटो रोक्ने भैसक्दा पनि निर्माण समिति चुपचाप देखिँदा उपभोक्त तथा अन्य सर्वसाधारणमा निर्माण समिति प्रति आशंका र आक्रोश उत्पन्न भएको छ ।

तपाइँको प्रतिक्रिया ।